पिकअप समाचारदाता
माघ ७ गते । भन्सार कार्यालय बिस्थापित हुँदा भारतिय खुल्ला सिमामा अहिले नुन देखि सुन सम्म तस्करी भईरहेको छ । छोटी भन्सार कायार्लय शिशुवा धरमपुर र घुस्की छोटी भन्सार कार्यालय घुस्की शसस्त्र जनयुद्धको क्रममा बिस्थापित हुँदा सो नाकाबाट अहिले दिनहुँ कडौडो मुल्य बराबरको सामान तस्करी हुने गरेको छ । सुनसरीको देवानगंज,घुस्की र बसन्तपुर नाका भई दिनहुँ कडौडो मुल्य बराबरको सामान नेपाल भित्रने गरेको स्थानियबासीहरुको भनाई रहेको छ । तस्करी प्रहरी कै मिलेमतोमा भईरहेको समेत तथ्य फेला परेको छ । स्रोतका अनुसार शसस्त्र प्रहरी बल घुस्की,बसन्तपुर र भुटाहाका ईनसपेकटर देखि डिएसपी सम्मलाई मासिक १५ हजार देखि १ लाख सम्म करिब २ दर्जनको हाराहारीमा तस्करहरु घुँस खुवाईरहेको पाईएको छ ।
No comments:
Post a Comment