Wednesday, March 16, 2011

उखु अभावले सुगर मिल बन्द हुने अवस्थामा , किसानले कटानी पुर्जा समयमा नपाउँदा खेतमै उखु सर्नाथाल्योक

तबरेज आलमसुनसरी । सुनसरीको चिमडी ४ मा रहेको पुर्वान्चलको एक मात्र ईस्टर्न सुगर मिल उखु अभावका कारण दिनहुँ मिल बन्द रहने गरेको छ भने यता किसानहरुले उखु कटानीको लागि समयमा पुर्जा नपाएको गुनासो गरेका छन् । अधिकांशले कटानी पुर्जा पाएपनि २ महिना ढिलो गरि पाएको तथा अधिकांश किसान कटानी पुर्जा नपाउदा प्रत्यक्ष मारमा परेका छन् । उखु अभावका कारण मिल दिनहुँ बन्द रहने गरेको र किसानहरुलाई समयमा कटानी पुर्जी नदिदा किसानहरु कटानी पुर्जी पाउन मरिहत्ते गर्ने गरेको र समयमा उखु कटानी नहुँदा उखुबालीमा विभिन्न रोग लाग्न थालेको किसानहरुले गुनासो गरेका छन् । यसरी ईस्टर्न सुगर मिल चिमडीले उखु बाली कटानी पुर्जा समयमा नदिदा सुनसरीको अमाहीबेल्हा, राजगंज बेलगछिया, घुस्की, रामनगर भुटाहा, मधुवन, भोक्राहा, नरसिंग, बसन्तपुर, देवानगंज, कप्तानगंज, साहेबगंज, हरिनगरा लगायत छिमेकी जिल्ला मोरगं, सप्तरी, सिराहा, झापा लगायतका उखु किसानहरु प्रभावित भएका छन् । यता किसानहरुले बढ्दो महँगी अनुसार आफुहरुको उखुमा समेत मुल्यभाव बढाउनुपर्ने झन् घटाएको प्रति चिन्ता ब्यक्त गर्दै मिलको यस्तै रवैया रहे आफुँहरु अगामिवर्ष देखि उखु खेति नगर्ने सुनसरी बसन्तपुर गाविसका किसान सज्जाद अन्सारीले गुनासो गर्नुभयो । वहाँले अगाडि थप्डै सुगरमिलमा कर्मचारीको मनपरी र घुसखोरी बढेको आरोप समेत लगाउनुभयो । सुगरमिलका कर्मचारीहरु कमिसनको लोभमा ठूला किसानहरुलाई कटानी पुर्जी दिने र ग्रहयता दिने प्रचलनले गर्दा कम जग्गामा उखु खेति लगाएका किसानहरु त्यसको चपेटामा पर्ने गरेको समेत गुनासो गर्नुभयो । त्यस्तै सुनसरी भोक्राहाका किसान मोहम्मद अन्सारीले समेत आफुहरु उखु खेति लगाएपछि बर्वादै हुने अवस्थामा पुगेको गुनासो गर्नुभएको छ । वहाँले आफ्नै शब्दमा भन्नुभयो करेसाबाली, धानखेति र गहुँ खेतिबाट प्रशस्तै आम्दानी आउथ्यो, उखुखेतिमा राम्रो आम्दानी आउँछ कि भनेर उुखु लगाए चौपटै ग¥यो, लगाएको रकम पनि खेर जाने स्थितिमा पुग्यो । वहाँले अब ईस्टर्न सुगर मिलको यस्तै रवैया रहे र उखुको भाव नबढ् र साना किसानहरुले ग्रहयता नपाए आउनेवर्षदेखि खेति नगर्ने चेतावनी दिनुभएको छ । वास्तवमा हेर्ने हो भने पुर्वान्चलको एक मात्र उखु मिलको अवस्था अहिले बिचित्र बन्दै गईरहेको छ । किसानहरु जुनमात्रामा उखु खेति तर्फ आकर्षित हुदैँ आईरहेको थियो त्यहीमात्रामा किसानहरु उखुखेति छाड्दै अन्य खेति तर्फ आकर्षित हुन थालेको किसानहरुको भनाई रहेको छ ।

जिल्ला अस्पतालमा डाकटर अभावले भिडियो एक्सरे सेवा वन्द

प्रमोद यादब
ईनरुवा । जिल्ला अस्पताल सुनसरी इनरुवामा डाक्टरको अभावले भिडियो एक्सरे सेवा दुई दिन यता देखी वन्द भएको छ । सुनसरी जिल्ला स्वास्थ्य कार्यालयको प्रमुख तथा जिल्ला अस्पताल सुनसरीमा कार्यरत्त डाक्टर दयाशंकरलाल कर्णको सरुवा भएकाले भिडियो एक्सरे सेवा दुई दिनदेखी वन्द भएको जिल्ला अस्पताल सुनसरीले जनाएको छ । एक मात्रै डाकटर अस्पतालमा भिडियो एक्सरे सेवामा दक्ष भएको डाक्टर दयाशंकरलाल कर्णको सरुवा भएकाले भिडियो एक्सरे सेवा वन्द हुदाँ सोवाग्रही सुनसरीका गा्रमिण क्षेत्रका विरामीहरु मारमा परेका छन् । दुई दिनदेखी एक्सरे सेवा वन्द भएकोले सेवाग्राही वाहिर महगोमा सेवा लिन वाध्य भएका छन् । अर्को डाक्टरको व्यवस्था नगरी एकाएक डा.कर्णको सरुवा भएकाले भिडियो एक्सरे सेवा दुई दिनदेखी वन्द भएको अस्पताल ब्यवस्थापन समितीले जनाएको छ ।

Friday, March 4, 2011

विधालयको खाता फुकुवा गर्न लागेको भन्दै पुर्व प्रअद्धारा कागजपत्र च्यातियो ,

देवकृष्ण यादव , सुनसरी
फागुन १३ गते । सुनसरीको मध्यहर्साही गावीस् ४ स्थित रहेको पशुपती शिक्षा मन्दिर गुरुकुल सार्वजनीक प्राथमीक विधालयको वन्द खाता खोल्न तथा फुकुवा गर्न शिक्षा कार्यालय सिफारीस गर्दा विधालयका पुर्व प्रधनाध्यापकले कागजपत्र च्यातिएको छ ।आफुलाई विधालयले विना कारण प्रधानाध्यापकवाट हटाएको भन्दैं मन्नु मेहताले विना विज्ञापन स्थानीय श्यामदेव मेहतालाई प्रअ वनाएको र उन्ले अनियमिनतता गरेको आरोप लागाउदैं खाता रोकेको र शुक्रवार फुकुवा गर्न लाग्दा जिल्ला शिक्षा अधिकारीको हातवाटैं कागजार लिएर च्यातीदिएको हो । कावार्हीमा रहेको श्यामदेवको कागजारको अनुंसधान पछि शिक्षा कार्यालयले खाता फुकुवा गर्न लाग्दा जिल्ला शिक्षा अधिकारी हरीप्रसाद वस्तीको हातवाटैं कागजार लिएर च्यातीदिएको मन्नु मेहताले वताउनुभयो ।मन्नु मेहताले शिक्षाको निणर्य चित नवुझेको भन्दैं कागजार च्याएको जानकारी दिनुभयो । यता सुनसरीका जिल्ला शिक्षा अधिकारी हरीप्रसाद वस्तीको हातवाटैं कागजार लिएर च्यातीदिएको कुरा पुष्टि गर्नु हुदैं मन्नु मेहतालाई पटक पटक सम्र्पक गर्दा नआएको र विगतमा अनियमितता गरेको स्थानीयले आरोप लगाउदैं हटाएको वताउनुभयो । अधिकारी वस्तिले मन्नु विभिन्न ठाउमा उजुरी गरेकोले स्रोत व्याक्ती सोमराज ढकालको संयोजक्तवमा एक समिति गठन गरी अनुशंधान गर्दा समेत कुनै तथ्य नभेटिकाले खाता फुकुवा गर्न लागेको जानकारी दिनुभयो । विधालयको विवादमा कागज च्याएतेको भन्दैं कार्वाही गर्ने अधिकारी वस्तिले वताउनुभयो ।सो विधालयमा ५ शिक्षक र ३०१ जना विधार्थी रहेका छन् ।

टेलिफोनबाट तलाक,घर नछाडेको भन्दै बुहारीलाई ज्यानसम्म लिने धम्की

पूर्ण बीके



तनहुँ, फाल्गुन ५ - वैदेशिक रोजगारीमा रहेका छोराले टेलिफोनबाट तलाक दिए पनि घर नछाडेको भन्दै एक मुस्लिम परिवारले बुहारीलाई ज्यानसम्म लिने धम्की दिएको छ । खाडी मुलुक दुबईमा रहेका मुबारक अली मियाँले फोनमार्फत तलाक दिए पनि घर नछोडेको भन्दै ससुरा इमाम -धर्मगुरु) शशिउल्ला मियाँले बुहारी सलमालाई पटकपटक धम्की दिदै आएका हुन् । दुलेगौंडा, ८ मुस्लिम बस्तीका ससुरा शशिीअलीले घर नछाडे ज्यानैसमेत लिने धम्की दिएको सलमाले बताइन् । शशिअली एमाले सभासद हसिना वेगमका देबर हुन । मुवारकले बिहीबार सलमासँग तलाक भन्दै सम्बन्ध सकिएको फोनमा भनेका थिए । 'सासू-ससुराले तेरो श्रीमान्ले तलाक दिएपछि हामीले के गर्न सक्छौं भनेर तथानाम गाली गर्नुहुन्छ' सलमाले भनिन्, 'जाने पो कहाँ ? तलाक दिएकै हो भने मलाई अधिकार पनि चाहियो ।' १२ र ३ वषर्ीया दुई छोरी रहेकाले घर छाडेर जान नसकेको उनले बताइन । सलमाले दुई वर्षपहिले ससुराले आफूमाथि हातपात गरेकोले अझै सुरक्षित हुन नसकेको गुनासो गरिन् । शशिअलीले बिहीबार केही छिमेकीलाई बोलाएर छोरालाई फोन गरी तलाक बोल्न लगाएको सलमाले बताइन् । 'तेरो श्रीमान्को फोन आएको छ कुरा गर् भनेर मलाई दिइयो' सासू-ससुरासँगै बस्दै आएकी उनले भनिन्, 'श्रीमान्ले एकैचोटि तलाक दिन्छु भन्नुभयो । दुई तलाकभन्दा फोनै फालिदिएँ ।' आफू साक्षरमात्रै भएकोले पटकपटक सासू-ससुराले पढेलेखेकी बुहारी भित्र्याउनुपर्छ भन्दै छोरालाई भन्ने गरेको पनि सलमाले बताइन् । स्याङ्जा माइती भएकी उनको २०५६ मा प्रेम विवाह भएको थियो । पहिला श्रीमान्ले आफूलाई माया गरे पनि बाबुआमाको कुरा सुनेर तीन वर्षयतादेखि बोल्न छाडेको सलमाले बताइन् । 'विदेशबाट बिदामा घर आउँदासमेत नबोल्ने गरे पनि तलाक दिनेसम्मको निर्णय गर्नुहोला भन्ने सोचेकी थिइन्', उनले भनिन्, 'एकैचोटि तलाक दिएपछि अन्योलमा परेकी छु ।'उनले आफ्नो हकअधिकारको लागि आवाज उठाइदिन नागरिक समाज र पत्रकारलाई आग्रह गरेकी छन् । शशिअलीले छोराले फोन गरेर बुहारीलाई तलाक दिएपछि आफूले केही गर्न नसक्ने बताए ।

निवर्तमान मन्त्री युवती लिएर बेपत्ता

मकर श्रेष्ठ
काठमाडौ, फाल्गुन ५ - एकपल्ट सत्तासीन भइसकेपछि मन्त्रीहरू प्रायः खाईपाई आएको सेवा सुविधा छाड्न सक्दैनन् । तर निवर्तमान मन्त्री रवीन्द्र श्रेष्ठले पद छाडेलगत्तै गाडी छाडे, क्वार्टर छाडे र अन्य सबै सुविधा छाडे । अनि परिवारसमेत छाडेर बेपत्ता भए, एक कार्यकर्ता युवती लिएर ! भक्तपुरको घर छाडेर १७ वषर्ीया छोरी र श्रीमती लक्ष्मीका साथ डिल्लीबजार पीपलबोटमा बस्दै आएका उमेरले पचास पुग्न लागेका श्रेष्ठ आफ्नो आधा उमेरभन्दा कान्छी कार्यकर्ता लिएर सोमबार भागेका हुन् । भागेको भोलिपल्टै दोस्रो बिहे गरी श्रेष्ठले ती युवतीलाई श्रीमती बनाएको स्रोतले बतायो । न फोन उठ्ने, न मान्छे नै र्फकने ! कति दिन कुर्ने ? चार दिनसम्म बाटो हेर्दा पनि केही नलागेपछि श्रीमती लक्ष्मी र स्वकीय सचिव वचन देउजाले एमाले पार्टी कार्यालय बल्खुमा निवेदन हाले, 'रवीन्द्र श्रेष्ठ हराए, खोजिपाउँ ।'बल्खु स्रोत भन्छ, 'श्रेष्ठ हराएको जानकारी प्रधानमन्त्री झलनाथ खनाल र गृह प्रशासनलाई समेत गराइएको छ ।' तर गृह प्रवक्ता जयमुकुन्द खनालले यसबारे आफूलाई जानकारी नगराइएको बताए । स्वकीय सचिव वचन देउजाले श्रेष्ठले मन्त्री हुँदा प्रयोग गरेका क्वार्टर र गाडी शुक्रबार सम्बन्धित निकायमा बुझाएका छन् ।एमाले पोलिटब्युरो सदस्यसमेत रहेका श्रेष्ठ धादिङ घर भई काठमाडांैको एक कलेजमा अंग्रेजीमा स्नातकोत्तर गर्दै गरेकी युवतीसँग बेपत्ता भएका हुन् । परिवार र पार्टी नेता कार्यकर्ताको सम्पर्कमा नआएका श्रेष्ठले मंगलबार ती युवतीसँग बिहे गरेको स्रोतको दाबी छ । मन्त्रीपदमा रहँदा श्रेष्ठ अखिलका ती छात्रा कार्यकर्तासँग भेटघाटका लागि रेस्टुराँ जाने गर्थे । 'साधारण कामका लागि भेट्नु पर्दा पनि रेस्टुराँ बोलाउँथे, कुरा यस्तो पो रहेछ,' अनेरास्ववियु सम्बद्ध स्रोतले भन्यो । माओवादीबाट एमाले प्रवेशलगत्तै केन्द्रीय कमिटी सदस्य बनेका श्रेष्ठले विद्यार्थी इन्चार्जको जिम्मेवारी पनि पाएका थिए । माओवादी 'जनयुद्ध' का बेला उपत्यकामा निकै शक्तिशाली रहेका श्रेष्ठ अध्यक्ष पुष्पकमल दाहालसँग विवाद बढेपछि पार्टीबाट बाहिरिएका थिए । माओवादी छाडेर छुट्टै क्रान्तिकारी सांस्कृतिक समूह बनाएका श्रेष्ठ त्यतिखेर माओवादीले 'जनयुद्ध' छाडेर गल्ती गरेको बताउँथे । तर लगत्तै उनी बहुलवादी प्रतिस्पर्धालाई सिद्धान्त मान्ने दल एमालेमा प्रवेश गरे । माओवादीबाट आएकालाई पार्टीमा महत्त्वपूर्ण जिम्मेवारी दिने एमाले नीतिअन्तर्गत उनी पोलिटब्युरो सदस्य र मन्त्री भए । सामान्य प्रशासनमन्त्री रहँदै ती युवतीसँग हिमचिम बढाएका श्रेष्ठले पदमुक्त भएलगत्तै प्रेम विवाह गरी भाग्ने तयारी गरेको स्रोतको दाबी छ । 'नयाँ प्रधानमन्त्रीले शपथ लिएको भोलिपल्टदेखि उहाँले फोन उठाउन छाड्नुभयो,' उनका एक निकटवर्तीले भने, 'त्यसको भोलिपल्टै विवाह गरेको भन्ने सुनेका हौं ।' 'सोमबारदेखि सम्पर्कविहीन बनेका श्रेष्ठको त्यसअघि घरमा सामान्य विवाद भएको थियो,' स्रोतले भन्यो, '२४ गते ११ बजेदेखि परिवारको सम्पर्कमा हुनुहुन्न । कहाँ जानुभयो ? के गर्नुभयो ? थाहा छैन ।'