जयकृष्ण यादव ईनरुवा,माघ, ७ गते । सुनसरीको सदरमुकाम इनरुवालाई वाल मैत्री नगर घोषणा गरिए पनि मापदण्ड पुरा नगरेको वालवालीकाहरुले आरोप लगाएका छन् ।केही वर्ष अगाडी नै इनरुवा नगरलाई वाल मैत्री नगर घोषणा गरिएको भए पनि मापदण्ड पुरा नगरेको वालवालीकाहरुले आरोप लगाएका हुन् । आईतवार इनरुवा नगर क्षेत्रका वालवालीकाहरुको भेलामा सहभागी भएकाहरुले यस्तो आरोप लगाएको हो । सरकारले वाल मैत्री भनिए पनि स्थानीय स्तरमा कार्यन्वयन नभएको वालवालिकाहरुको आरोप छ । यसैवीच इनरुवा नगर क्षेत्रका वालवालीकाहरुको भेलावाट इनरुवा नगर स्तरिया वाल अधिकार संजाल सुमीत्रा नेपालीको अध्यक्षतामा पुनर गठन भएको छ ।वालवालीकाको भेलावाट उपाध्यक्षमा प्रभु नारायण चौधरी , सचिवमा शुसान्त वस्नेत , सह सचिवमा सृजना वि।क। र कोषध्यक्षमा राजेश उरावा चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा अमन चौधरी , सुमन शाह , केवल कटुवाल र मेलिना वि।क. चयन भएको संजालले जनाएको छ । वालवालीकाहरुले आफनो अधिकार र नगर क्षेत्रमा रहेका वालवालिकाहरुको सवालमा काम गर्ने इनरुवा नगर स्तरिया वाल अधिकार संजालका अध्यक्ष सुमीत्रा नेपालीले जानकारी दिनुभयो ।
No comments:
Post a Comment