Sunday, January 16, 2011

यस्तो छ,सुजाताको राष्ट्र घाती कार्यहरु

बी।पी।साह–काठमाडौं – उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला अन्तराष्ट्रिय तस्कर तथा आतंकवादी गिरोहसँग सम्बन्धित रहेको रहस्य न्यूज अप्रेशनले फेला पारेको छ । उनी लागूऔषधदेखि, हतियार, जाली पासपोर्टजस्ता अवैध धन्दामा क्रियाशील रहेको पाइएको छ । अहिले पनि जर्मन पतिलाई अपनाइरहेकी सुजाताले एभरेष् होटलमा आफ्ना पतिको लागि छुट्टै कोठा बुकिङ गरिरहेकी छिन् । बारम्बार नेपाल आउने गरेका उनका पतिका लागि छुट्याइएको होटलको खर्चसमेत सरकारी कोषबाट उनले दिने गरेकी छन् । मण्डिखाटारमा सुजातासितै बस्ने उनका कर्मचारी महेश कोइरालाका सामुन्ने केही वर्षअघि जर्मन नागरिकता जलाएकी सुजाताले विधिवत रुपमा नेपालको नागरिकता लिएकी छैनन् ।बलिष्ठ पुरुषद्वारा दैनिक मसाज गराउने उनले मसाज खर्चमात्र मासिक एक लाखभन्दा बढी गर्नेगरेको उनी आफैं बताउँछिन् । आफ्ना निकटका कार्यकर्ताहरुलाई दैनिक लाखौं रकम बाँड्ने उनले सरकारबाट मासिक तलवभने ३३ हजारमात्र पाउँछिन् । ३३ हजार रुपैयाँ त सुजाताका लागि ‘गार्डेन खर्च’मात्र हुने सुजाता निवासका कामदारहरू बताउँछन् ।
अर्कातर्फ उनको सम्बन्ध ज्वाईँ रुबेल चौधरीमार्फत् अण्डर वल्ड डन दाउद इब्राहिमसँग निकट रहेको बताइन्छ । उनकै निम्तोमा बेलाबेला नेपाल आउने दाउदका भाई नूरा इब्राहिमसित उनको अन्तर्राष्टिूय कारोबारसमेत रहेको थाहा भएको छ । काठमाडौंमा सुजाताले सुधीर भन्ने एक तस्करमार्फत कुलुश्वरमा हाउजिङ व्यवसाय गरिरहेकी छन् भने कलकत्ताका अहमद जद्मानी, ताइवान हुई चान र अफगानिस्तानका मलिकभन्ने एक व्यक्तिमार्फत लागूऔषध, गैंडाको खाग र साना हतियारहरुको कारोबारसमेत गरिरहेकी छन् । हाल थाइल्याण्डको कारागारमा बन्दी जीवन बिताइरहेका रुसी नागरिक तथा अन्तर्राष्टिूय हतियार तस्कर भिक्टर बाउटसँग पनि सुजाताको सम्बन्ध रहेको बताइन्छ । बाउटलाई भेट्ने नियतले बैंककलाई टूान्जिट प्वाइन्ट बनाएर सुजाता महिनामा दुई÷तीनपटक विदेश भ्रमणमा जाने गरेबाट पनि उनको बाउटसंग सम्बन्ध रहेको देखिन्छ । बाउटले रुबेल चौधरीलाई धेरै पटक अफ्रिकी मुलुकहरुमा घुमाउन लगेको तथा नेपालबाट रुबेलले बाउटको नक्कली नाममा पासपोर्ट बनाइदिएको गुगल सर्च इञ्जिनमा जस्ले पनि खोजेर हेर्न सक्छ ।
सुजाता निवासकै छेउमा लाम्ला भन्ने एकजना तिब्बती बस्छन् । पुरानो जर्मन कारमा हिँड्ने उनी हेदा अग्ला र कपाल फुलेका देखिन्छन् । उनको समूहमा बौद्धका उर्गेन नामक एक तिब्बती शरणार्थी पनि छन् । उर्गेन काठमाडौंस्थित चिनियाँ दुताबासका मुख्य एजेन्ट हुन् । उनलाई बौद्धमै चिनियाँले घर बनाइदिएका छन् । प्राप्त जानकारीअनुसार सुजाता, उर्गेन र लाम्ला यति घनिष्ट छन् कि कहिले काँही जाँडकै भरमा एउटै चकटीमा रातभर लम्पसार परेका हुन्छन् । विशेष स्रोतका अनुसार उर्गेनमार्फत सुजाताको शक्तिको प्रयोग गर्दै चिनियाँहरुले भारतीय नक्सलवादीलाई आर्थिक तथा भौतिक सहयोग गरिरहेका छन् ।केही महिनाअघि सुजातालाई भेट्न आएका युनाइटेड लिवरेशन फ्रन्ट अफ असम उल्फाका नेता त्रिभुवन विमानस्थलमा पक्राउ परेका थिए । अहिले उनी भारतीय जेलमा छन् । सुजाताले कार्यकर्तालाई कतिसम्म फूर्ति देखाउँछिन् भने भारतीय दुताबासका अधिकृत एके रोयलाई म जेभन्छु नयाँदिल्लीले त्यही मान्छ भन्नसमेत पछि पर्दिनन् । अर्को जानकारी अनुसार खाडी मुलुकमा रुबेलको राम्रो सम्बन्ध रहेको छ । ज्वाईंमार्फत सुजाताले नेपालबाट साउदी वायूसेवालाई अन्तर्राष्टिूय उडान अनुमति दिलाउन सफल भएकी हुन् । कुनै एक अन्तर्राष्टिूय वायूसेवालाई प्रभावमा लिनसके संसार हल्लाउन सकिन्छ भन्ने सपना देखेकी उनले अहिले नेपाल सरकारलाई नै हल्लाइरहेकी छन् ।

No comments:

Post a Comment