Sunday, January 16, 2011

सातजना सञ्चालक पक्राउ, स्रोह म्यानपावर शिल्ड

शेखर ढकालइटहरी ३ माघ ।अबैधरुपमा सञ्चालीत म्यानपावरबाट सर्वसाधारण ठगिएपछि इटहरीमा रहेका यस्ता म्यानपावरका सञ्चालकलाई नियन्त्रण लिएर कार्यालयमा तालाबन्दि गरिएको छ । नेपाल बैदेशिक रोजगार संघको नेतृत्वमा स्थानिय प्रशासन र पत्रकार सहितको अनुगमन टोलीले विना इजाजत म्यानपावर सञ्चालन गर्ने सात जनालाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको छ । यस्तै टोलीले अवैध रुपमा सञ्चालनमा रहेका इटहरीका १६ वटा म्यानपावर कम्पनीमा तालाबन्दी समेत गरेको छ । अनुगमनका क्रममा इजाजत पत्र नपाइका म्यानपावरका शाखा सञ्चालकलाइृ नियन्त्रणमा लिएको र कार्यलयमा तालाबन्दी गरिएको संघका उपाध्यक्ष प्रेम रानाले बताउनु भयो ।इजाजत नलिइ शाखा सञ्चालन गर्ने प्यासिफिक ओभारसिजका एस् शर्मा, भेरी कर्णाली म्यानपावरका राम भट्टराइ, इक्वेडर इम्पोइमेन्ट सर्भिसेजका विरेन्द्र थापा, अल सन्डोष जव प्लेसमेन्टका विनोद मेहता, सदिक्षा ओभरसिजका तुलसी अर्याल र अरु दुइवटा म्यानपावर सञ्चालकलाई अनुगमन टोलीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो । सञ्चालकलाई नियन्त्रणमा लिएर कार्यलय समेत सिल्ड गरिएको नेपाल बैदेशिक रोजगार संघका सुनसरी अध्यक्ष हेमन्त सिटौलाले बताउनु भयो । यस्तै टोलीले इटहरीमा श्रम विभागको इजाजत विना सञ्चालनमा रहेका सिग्मा ओभरसिज, एस ओ एस म्यानपावर, लालधनुष ओभरसिज, जानकी जब प्लेसमेन्ट, युरो एसिया ओभरसिज, त्रिकोण म्यानपावर, सुनेरा नेपाल, जाकीम ओभरसिज, नविल ओभरसिजल लगायतका शाखामा समेत सिल्ड गरिएको छ । ती म्यान पावरका सञ्चालक फेला नपरेकाले कार्यलय मात्र सिल्ड गरिएको सिटौलाले जनाउनु भयो ।पटक पटक श्रम विभागको इजाजत ल्याएर कार्यलय सञ्चालन गर्न आग्रह गर्दा पनि इटहरीमा सञ्चालित अवैध म्यनपावर कम्पनीले नटेरेकाले संघले स्थानिय प्रशासनको सहयोगमा यस्ता म्यानपावरका सञ्चालकलाई नियन्त्रणमा लिएर कार्यलयमा तालाबन्दी गरेको बताउनु भयो ।तालाबन्दिसगै वैधानिक कागजपत्र लिएर संघमा सम्पर्क गर्न सुचना टाास गरिएको छ । अबैधानिक रुपमा सञ्चानमा रहेका म्यानपावरबाट विदेश जाने धेरै युवा युवती ठगीएका र गठीएकाहरुले न्याय समेत नपाएकाले अभियान थालेको संघले जनाएको छ ।तालाबान्दी गरिएका म्यानपावरबाट विदेश जानका लागि पासपोर्ट र पैसा बुझाएका सर्वसाधारणलाई भने संघले बुझेर पठाउन मिल्ने भए पठाउने नत्र पैसा फिर्ताका लागि पहल गर्ने संघका सुनसरी कोषाध्यक्ष किरण कार्कीले बताए ।पहिलो चरणमा इटहरीमा रहेका अवैध म्यानपावरलाई बैधानिक बनाउने काम सुरु गरिएको र दोस्रो चरणमा धरान र इनरुवामा रहेका अवैध म्यानपावरको समेत छानविन गरिने संघले जनाएको छ । अनुगमनटोलीसंग म्यानपावर पीडितहरुले गुनासो समेत राखेका थिए । प्यासिफिक ओभरसिजमा ९० हजार बुझाएर पनि लामो समयदेखि आफुलाई विदेश नपठाई झलाएर राखेको कतारका लागि पासपोर्ट बुझाएकी कौशिला चौधरीले बताइन् । आजै उडाउला भनेको धेरै भयो तर पनि अझै झुलाइ रहेको उनको भनाइ थियो ।म्यानपावर ब्यवसायीलाई ब्यवस्थित बनाउन संघले यो कार्य थालेको अध्यक्ष सिटौलाले बताए । 'बैधानिक म्यानपावरबाट जादा सर्वसाधारण पनि ठगिनबाट बच्ने हुनाले हामीले यो अभियान थालेका हौ,'सिटौलाले भने ।

No comments:

Post a Comment