Thursday, January 20, 2011

कतारबाट नेपाल शव आउन १५ दिन

ईमितयाज अन्सारी
भुटाहा ।
६ महिना अगाडि बैदैशिक रोजगारको सिलसिलामा कतार पुगेका सुनसरीको रामनगर भुटाहा ७ का एक युवकको शव आज शुक्तवार नेपाल ल्याईएको छ । सुनसरी रामनगर भुटाहा ७ का ३० बषिर्य अरसद अन्सारीको पुस २४ गते कतार मै मृत्यु भएको थियो भने आज शव नेपाल ल्याईएको छ । अन्सारीको यता घरमा दुई श्रीमती र ७ सन्तान रहेका छन् । उनको आज मुस्लिम धर्मावलम्बी अनुसार भुटाहा ७ मा रहेको ठूलो क्रबिस्तानमा अनतिम संस्कार गरिने उनका छिमेकी खालिद अन्सारीले जानकारी गराएका छन् ।

No comments:

Post a Comment