Sunday, January 16, 2011

नापी प्रमुख यादबको कमाल,सेवाग्राहीको छ बेहाल

इनरुवा– तपाईको जग्गा घटेको छ वा घटेको जग्गा बढाउनु छ ?छ भने चिन्ता नगर्नस जिल्ला नापी शाखा कार्यालय सुनसरीका नापी अधिकृत नेतृत्वको केही कर्मचारी सम्लित एक टोलीलाई सम्पर्क गर्दा हुन्छ ।सर्र्वसाधरण तथा राज्य भित्रको सम्पूर्ण जग्गा सबन्धी अभिलेख राखी सर्वसाधरणका निम्ती सेवा उपलब्ध गराईने उद्धेश्यले सरकारले स्थापित गरेको नापी शाखा सुनसरी भने अहिले सर्वसाधरणको जग्गा घटाउने र बढाउने अखडाको रुपमा परिणत भएको छ ।जिल्ला नापी शाखा कार्यालय सुनसरीले अभिलेख स्वरुप नक्सांकन गरेको जिल्ला भित्रका नक्साहरुमा सर्वसाधरणको जग्गा साललै पिछै घटने र बढने समस्या बाट लामो समय अघि देखी पिडित सेवाग्राही हरु थप पिडा पाउनबाट अहिले पनि जोगिन सकेका छैन । समाचार स्रोतका अनुसार जग्गा खरिद बिक्री प्रयोजनका लागी हुने गरेको किताकाट गर्दा नापी कार्यालय सुनसरीका नापी प्रमुख सत्रुघन यादब नेतृत्वको कर्मचारीहरुको टोलीले किताकाटदा घटाउने र बढाउने कार्यमा प्रत्यक्ष संगलन हुने गरेका छन । एक बर्ष अघि पल्टिन ब्यवसायीबाट जग्गा खरिद गरेका इटहरी ४ का हेमन्त कार्की एक सता अघि जग्गा बिक्रि गर्न आउदा उनले आफुले खरिद गरेको जग्गामा दुई धुर जग्गा कम पाए पछी नापी शाखा भित्रको चलखेलको पर्दाफास भएको हो । कार्कीले इटहरी १ स्थित किता नम्वर ११२ को १ कठा ४ धुर जग्गा ४३ लाखमा खरिद गरेको १ बर्ष पछी सोही वडाका धन कुमार रुमदालीलाई बिक्रि गरी जग्गा नामसारी प्रक्रियाका लागी जिल्ला नापी शाखा कार्यालय सुनसरी पुग्दा आफनो जग्गा नक्सामा २ धुर कम पाएका थिए । जग्गा कम भएको पाए पछी पिरोलिएका कार्की अन्तत आफनो जग्गा किने अनुसारको पुर्ती गर्न नापी कार्यालयका सो टोली समक्ष पुगी सो कार्यालयका नापी अधिकृत सत्रुधन यादबलाई १ लाख १० हजार नजरना दिई आफनो जग्गा पुर्ती गराउन बाध्य भएका थिए । सो्रतकान अनुसार नापी अधिकृत यादब नापी सर्भेक्षक लोक बहदुर कार्की लगायत अन्य कर्मचारी समिलित सो टोलीले सेवागा्रहीहरुको जग्गा किताकाट गर्दा यस अघि समेत दर्जनौ सर्व साधरण सग लाखौ रकम असुल गरि सकेका छन । सो टोलीले हाल ब्यापक मात्रामा बृद्धी भएको पलटिग ब्यवसायहरुबाट लाखौ रकम असुल उपर गरी इटहरी र आसपास क्षेत्रका ऐलानी जग्गा समेत ब्यक्तिको नापी अभिलेखमा नक्सांकन गरी ऐलानीसमेत मासेको सा्रेतले दावी गरेको छ ।आठ महिनाअघि सुनसरी नापी कार्यालय आएका अधिकृत यादबको प्रत्यक्षनिर्देशनमा घुसखोरी पष्टाएको भन्दै इनरुवाका स्थानीय युवाहरुले सुनसरीकाप्रजिअलाई जानकारी समेत गराउदा पनि हाल सम्म खुलेआम घुसखोरी नियन्त्रयण हुन सकेको छैन । नापी शाखा कार्यालय सुनसरीबाट पाउने समान्य सेवा समेत घुस बिना नहुने गुनासो हरु चर्चामा आई रहेकै बेला नापी प्रमुख द्धारा भएको जग्गा घटबढको क्रियाकलापले अन्य जग्गा धनीहरु समेत थाहै नपाई जग्गा घटेको समस्याबाट पीडित हुदै आएका छन् ।

No comments:

Post a Comment