बी.पी.साह–कामचलाउ सरकारका गृहमन्त्री कमाउ धन्दामा र प्रहरी अधिकृतहरु घुसको थैली बलियो बनाउँदै पार्टी नेता, विभिन्न दलबाट प्रतिनिधित्व गर्दै सरकारमा गएका मन्त्रीहरू तथा गृहमन्त्री सामु पुग्नुलाई कामको सफलता मान्दै मस्त रहेका बेला उपत्यकालगायत देशकै सुरक्षा व्यवस्था चौपट्ट भएको छ । भारत र चीनका विभिन्न नाका हुँदै काठमाण्डैमा हतियार भित्रिने क्रम तिव्र भएको छ । राजनीतिक संरक्षमा र टुलपाटको धन्धामा संग्लन ब्यक्तिहरुले हतियार भित्रयाउन थालेका प्रहरी श्रोतहरु नै बताउँ छ । केही दिन पहिले प्रहरीले सार्वजनिक गरेको एक प्रतिवेदनमा काठमाण्डौमा साना हतियारहरु बढदै गएको र पुराना थाति राखेको हतियारहरु पनि अव प्रयोगमा आउन थालेको देखाईको थियो । काठमाण्डौमा हतियार देखाएको लुटपाटको घटना तिव्र भएको छ । केही दिनअघि महानगरीय प्रहरी प्रभाग कमलपोखरीबाट डेढ सय मिटरको दूरीमा रहेको नर्सिङ होमनजिकै दिउँसो ३ बजे व्यापारी पवन सरिया लुटिएको एउटा उदाहरणमात्र रहेको हो ।
लुटेरा समूहले पेस्तोल तेस्र्याएर उनको साथमा रहेको ७० लाख रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ । कमलपोखरी चोक राजधानीको अत्यन्त व्यस्त स्थानमध्येको एक हो । दिनभर संकलन भएको रकम घरमा एलसी खोल्ने उद्देश्यका साथ ल्याइएको र हिमाल नर्सिङ होमसंगैको थिरबम मल्ल सडकबाट उनी लुटिएको प्रहरीले जनाएको छ । व्यवसायी सरियाका अनुसार कामदार अभिजित शर्माले गणबहालबाट घरमा राख्न सो रकम ल्याएका थिए । व्यस्त सडक भएकाले उनी लुटिएको नजिकका व्यवसायीहरुले समेत पत्तो पाएनन् । सरिया मोटरसाइकलमा कमलपोखरीस्थित गोदाममा आएलगत्तै उनीमाथि आक्रमण भएको थियो । सुरुमा एक व्यक्तिले कुटेर झोला खोस्न लागेको अवस्थामा भित्रबाट एक महिलाले किन कुटेको भनेपछि लुटेरा समूहले सरियाको कन्चटमा पेस्तोल तेस्र्याएका थिए । लुटेरा समुहसूग सरियाले केही समय प्रतिवाद गरेपछि पेस्तोल देखाई लुटेर भागेको उनको गोदाममा कार्यरत एक कामदारले भने ।
त्यतिबेला हिमाल अस्पतालअगाडिको चोकमा कमलपोखरी प्रहरीको सीआरभी भ्यान पनि तैनाथ थियो । तर, प्रहरीले समेत कुनै वास्ता नगरेको प्रत्यक्षदर्शीले जनाए । पैसा लुटेर उनीहरु नक्साल भगवतीबहालतर्फ भागेको महानगरीय प्रहरी प्रभाग कमलपोखरीका प्रहरी निरीक्षक मिलन केसीले भने पनि प्रहरी भ्यान वेमतव रहनुका बारेमा केही भनेनन् । व्यवसायी सरिया सीएफएल चिम आयात, सिमेन्ट फयाक्टूीलगायतका व्यवसायमा संलग्न छन् । उनले महानगरीय प्रहरी परिसरमा हनुमानढोकामा पुगेर लुटिएको पैसा ७० लाख रहेको जनाए । तर, उनले जाहेरी भने दिएका छैनन् । उनले सो पैसा कहाँबाट आयो भनेर स्रोत पनि खुलाएका छैनन् । उनी चर्चित सुनव्यापारी लगोविन्द सरयिाका भतिजा हुन् । अवैधानिक तवरबाट लाखौं रकम ओसार पसार गर्ने काला बजारियाहरूसूग सम्बन्धित यस्ता कैंयौं घटना राजधानीमैं हुने गरेका छन् । सार्वजनिक स्थानमा लुटिएको उक्त रकमकाण्ड सर्वसाधारणको आँखामा नपरेको भए गुपचुपमै रहने विशलेषण गर्न सकिन्छ ।
No comments:
Post a Comment