Friday, February 4, 2011

३४ औं प्रधानमन्त्री एमाले अध्यक्ष झलनाथ खनाल निर्वाचित


पिक–अप संबाददाताकाठमाडौं, २० माघ -नेपालको ३४ औं प्रधानमन्त्री एमाले अध्यक्ष झलनाथ खनाल निर्वाचित भएका छन् । संसदको ठूलो दल माओवादीसहित अधिकांश बामपन्थी दलको समर्थनमा खनाल लोकतान्त्रिक गणतन्त्रको तेस्रो प्रधानमन्त्री निर्वाचित भएका हुन् । निर्वाचनमा खनालले ३६८ मत पाए । उनका प्रतिद्वन्द्वी कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले १२२ र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले ६७ मत पाए । खनाललाई माओवादीसहित, नेकपा माले, माले-समाजवादी, नेकपा एकीकृतलगायत दलको समर्थन थियो । ६१ वर्षिय खनाल एमालेका तर्फबाट प्रधानमन्त्री हुने तेस्रो नेता हुन् । यसअघि तत्कालिन एमाले अध्यक्ष मनमोहन अधिकारी ०५१ सालमा र एमाले बरिष्ठ नेता माधवकुमार नेपाल ०६६ जेठ ९ गते प्रधानमन्त्री भएका थिए । यस्ता छन् खनाल एमाले अध्यक्ष झलनाथ खनालले दोस्रो प्रयासमा मुलुकको कार्यकारी पद प्रधानमन्त्री प्राप्त गरेका हुन् । उनले प्रधानमन्त्रीको पहिलो निर्वाचनमा उम्मेदवारी दिएका थिए । माओवादीले त्यसैबेला आफु नभएपछि माओवादीले समर्थन गर्ने भएपनि आफ्नै पार्टी भित्रको धोकाका कारण पछि हट्नु परेको थियो । पार्टी भित्रै प्रधानमन्त्री माधवकुमार नेपाल र नेता केपी ओलीको दवावमा पार्टीले दुई तिहाइ बहुमत पुगेको अबस्थामा मात्र प्रधानमन्त्रीको उम्मेदवारी कायम रहने गरी उम्मेदवार बनाएकाले उनले फिर्ता लिनु परेको थियो । बुटवल महाधिवेशनमा अध्यक्ष बनेपनि पार्टीभित्र उनीसंगै अध्यक्षमा पराजित ओली र प्रधानमन्त्री नेपालसंग उनको द्वन्द छ । यही द्वन्दमा दह्रो ढंगले उभिन नसकेको भन्दै उनको अलोचनासमेत हुने गरेको छ । तर, पछिल्लो चरणमा उनका बिरोधीहरुले आफु प्रधानमन्त्री हुनका लागि आफ्ने पार्टीका प्रधानमन्त्रीको बिरुद्ध लागेको भनेर अलोचना गर्छन् ।तर,उनी आफे भने राष्ट्रिय सहमतिको लागि त्याग गर्नु पर्ने बताउँदै आएका छन् । उनी अहिलेसम्म दुई पटक मन्त्री बनेका छन् । एक पटक पार्टीको कार्यवाहक महासचिव र एक पटक महासचिव भएका छन् । वि‌‌सं‌ २०४७ सालको निर्वाचनदेखि नै उनी साँसद रहँदै आएका छन् । २०४६ सालको जनआन्दोलन सफलतापछि बनेको अन्तरिम सरकारमा उनी कृषी, भूमी सुधार र बन तथा वातावरण मन्त्री थिए । त्यसैगरी २०५४ सालको गठबन्धन सरकारमा उनी सूचना तथा सञ्चार मन्त्री रहेका थिए ।झलनाथ खनालको जन्म बिस २००६ साल चैत ३ गते इलामको साँखेजुङमा भएको हो । पिता पुङ्कनाथ र माता मधुमाता खनालको कोखबाट खनाल सातौं सन्तानकोरुपमा जन्मिएका हुन् । खनाल विद्यार्थी जीवनदेखि नै भूमिगत कम्युनिष्ट राजनीतिमा सक्रिय थिए । २०२५ सालतिरै कम्युनिस्ट पार्टीको सदस्य बनेका उनी झापा विद्रोहमा लागेका युवाले बनाएको कम्युनिस्ट कोअर्डिनेसन केन्द्र (कोके) को संस्थापकमध्ये एक थिए । ०३५ मा स्थापित तत्कालीन नेकपा मालेको आन्तरिक शक्ति संघर्षको उत्कर्षले उनलाई पहिलोपटक पार्टीको प्रमुख बनायो । ०३९ मा तत्कालीन महासचिव सीपी मैनालीलाई ‘अपदस्थ’ गरेपछि उनी त्यो पदमा पुगेका थिए । ०४६ को चौथो महाधिवेशनसम्म उनले मालेको नेतृत्व गरे । त्यसपश्चात् उनलाई पार्टीको नीतिगत क्षेत्रमा हावी हुँदै गरेका युवा नेता मदन भण्डारीले उछिने । महाधिवेशनबाट विचार र संगठन दुवैको औपचारिक नेतृत्व भण्डारीले लिए । यद्यपि ०४६ सालपछि गठित अन्तरिम सरकारमा भने खनालले पार्टीको प्रतिनिधित्व गरे ।०४९ को बहुचर्चित पाँचौं महाधिवेशनमा भण्डारीको ‘जनताको बहुदलीय जनवाद (जबज)’ विरुद्ध खनाल मैनालीको ‘परिमार्जित नौलो जनवाद’ का पक्षमा उभिए । महाधिवेशनले जबजलाई पारित गरेपछि पार्टीमा खनालको भूमिका पछाडि पर्‍यो । भण्डारीले मैनालीलाई जस्तो खनाललाई स्थायी कमिटीमा राखेनन् । दासढुंगा घटनापछि नेतृत्वमा आएका माधवकुमार नेपालले खनाललाई अगाडि आउने बाटो खोलिदिए । पोलिटब्युरो पुनर्गठन गरिँदा खनाल पनि त्यसको सदस्य भए । ०५१ मा एमालेको अल्पमत सरकार गठन भएपछि खनाल पार्टीको शक्तिशाली राज्यव्यवस्था विभाग प्रमुख भए । छैटौं र सातौं महाधिवेशनको शक्तिसंघर्ष खनाल अग्रभूमिकामा देखिएनन् । छैटौंमा नेपाल-ओली र वामदेव गौतमबीच संघर्ष उत्कर्षमा पुगेको थियो । पार्टी विभाजन र एकीकरणपछिको सातौं महाधिवेशनमा नेपाल र ओलीको संघर्ष स्थानीय तहसम्म झरेको थियो । तर खनाल कुनै पक्षमा ‘सक्रिय’ देखिएनन् । ०६१ माघ १९ को शाही ‘कू’ लगत्तै नेपाल र ओली पक्राउ परे । केन्द्रीय सदस्यहरूको भूमिगत बैठकले खनाललाई पहिले संयोजक र पछि कार्यवाहक महासचिवको जिम्मेवारी दियो । शाही सत्ताविरुद्धको आन्दोलन संगठित गर्न खनालले राम्रो भूमिका खेले । थुनामुक्त भएपछि नेपाल पुनः नेतृत्वमा आए । तर, संविधानसभा निर्वाचनमा तत्कालिन एमाले महासचिव माधवकुमार नेपाल दुई ठाउँबाट पराजित भएपछि खनाल महासचिव भएका थिए ।२०६६ सालको बुटवल महाधिवेशनमा बरिष्ठ नेता केपी शर्मा ओलीलाई हराउँदै खनाल अध्यक्षमा निर्वाचित भएका थिए । खनाल संविधानसभा निर्वाचनमा इलाम क्षेत्र नं. १ बाट संविधानसभा सदस्य चुनिएका हुन् । नेतृत्वमा आएपछि उनले पार्टीको मुख्य सिद्धान्त जबजमा संशोधन गर्न खोजेको र माओवादीप्रति नरम दृष्टिकोण राखेको आरोप लाग्यो । माओवादीप्रति देखाएको ‘सद्भाव’ प्रत्युपादक हुनसक्ने आम विश्लेषण गलत सावित गर्दै खनालले माओवादीप्रति कडा दृष्टिकोण राख्ने ओलीलाई पराजित गरे । नेपालको समेत समर्थन पाएका ओलीलाई पराजित गरेकाले पार्टीको शक्ति सन्तुलनमा खनालको पल्ला भारी भएको छ ।खनालले राजनीतिशास्त्र र इतिहासमा स्नातक गरेका छन् ।

प्रधानाध्यापको कारण एक महिनासम्म विधालय बन्द

ममता यादव ।इनरुवा मधेसा -सुनसरी) सुनसरीको मधेशा गाविस ४ स्थित रहेको जनहित प्राथमिक विधालयमा एक महिनादेखी तलावन्दी जारी रहदा सवा दुई सय विधार्थीको पढाई प्रभावीत भएको छ । शिक्षाको मन्दिरको रुपमा रहेको विधालयमा अनियमितता गरेको भन्दैं विधालयमा एक महिनादेखी तलावन्दी जारी रहदा सवा दुई सय विधार्थीको पढाई प्रभावीत भएको हो ।विधालयका प्रधानाध्यापको कारण एक महिना देखी विधालय बन्द भएको कारण पढाई प्रभावीत भएको स्थानीयहरुले वताएका छन् । मधेशा ४ घोपाली टोल स्थित रहेको जनहित प्राथमिक विधालयका प्रधानाध्यापक आशा कुमारी गुभाजुले ठुलोआर्थिक हिनामिना गरेकाले व्यस्थापन समितीका अध्यक्ष, सदस्यहरु र अभिभावकहरुले तालाबन्दी गरेको हो।सो बिधालयमा पुष७ गते देखी अहिले सम्म तालाबन्दी जारी रहेको कारण ती बिधालयमा अध्यनरत २ सय १५ बिधार्थीहरुले दैनिक रुपमा घरमा खेलेर समय बिताउन बाध्य भएको बिधालयका अध्यक्ष शान्तिराम घिमिरेले जानकारी दिनभयो । ती विधालयमा एकै परिवारका चार जना शिक्षकका रुपमा कार्य गरी आर्थिक हिनाहिना गरेको स्गाथनीयको आरोप छ ।हिनामिना रकममा दलित छात्रवृद्धि रकम, छात्राबृद्धि रकम, पुस्तक वितरण रकम, शिक्षीका उषा चौधरीको ८ महिनाको १५ हजार रुपैंया तलब, एक लाख ५० हजार शिक्षा कार्यलयको अनुदान रकम, १ लाख ५० हजार जिल्ला बिकास समितिको अनुदान रकम, १ लाख १३ हजार गाविसको सहयोग रकम लगायका आर्थिका हिनामिना गरेको विधालय व्यवस्थापन समितिका अध्यक्ष शान्तिराम घिमिरेले जानकारी दिनुभयो । अध्यक्ष घिमिरेले अभिभावकहरुको सहयोगमा जिल्ला शिक्षा कार्यालय सुनसरीमा जानकारी गराउदा समेत कुनै चासो नदिएको जानकारी दिनुभयो ।बिधालयमा प्रधानाध्यापक आशा कुमारी गुभाजुले आफनैं भाई शिक्षक पुर्णरक्तन गुवाजु, बहिनी उषा गुवाजु लगायतका आफनै परिवारका ४ जना व्यक्तिहरु राखेको समितिको भनाई छ ।आर्थिक करोवार सम्बन्धी प्र.अ . संग हिसाब मागदा प्र.अ. का आफन्तहरुले बिधालयका अध्यक्ष शन्तिराम घिमिरे,सदस्य मोहम्द उसमान माथी हातपात समेत गरेको पिडीतहरुले बताउनुभयो । आर्थिक करोबार गर्दा अफुसंग सोधपुछ नगरी अध्यक्षको किर्ते हस्ताक्षर गरी आर्थिक करोबार गरेको अध्यक्ष घिमिरेले बतौउनुभयो ।प्रधानाध्यापक वुभाजुले भने कुनै प्रतिकृया दिनुभएको छैन् ।यसैवीच विधालयमा अनियमित भएको विषयमा जिल्ला शिक्षा कार्यालय सुनसरीले खगेन्द्र दाहालको संयोजकत्वमा छानवीन समिति वनाएको र सो समितिको प्रतिवेदन समेत शिक्षा कार्यालयमा पुग्दा कुनै कार्वाही अगाडी नवढाएकाले स्थानीयहरु आक्रोसीत वनेको छ । समितिका सदस्य रतनलाल तौधरीका अनुसार विधालयमा अनियमिता भएको पाईएको छ तर आफुहरुले प्रतिवेन शिक्षालाई वुझाएकाले कुनै प्रतिकृया छैन् ।आईतवार पुनः शिक्षा कार्यालयलाई विधालयमा तलावनदी र अनियमितता तथा प्रतिवेदन सर्वाजनीकको माग गरीएको विधालय व्यवस्थापन समितिका सदस्य खलिल मियााले वताउनुभयो । विधालयको माइनोट समेतमा आफनो मनोमानी गरेको र खालीमा सहि गराई आफनै तरीकाले रकम माग गरी अनियमित गरको अध्यक्ष घिमिरेले वताउनुभयो । यता जिल्ला शिक्षा अधिकारी हरीप्रसाद वस्तीले वन्द भएको पुष्टि गरे पनि कुनै पहलभने गर्नुभएको छैन् ।

Thursday, February 3, 2011

कोसी टप्पु वन्य जन्तु आरक्षमा आज वाट ४ दिने चरा महोत्सव सुरु हुर्दै

उमेशराज मेहता
सुनसरीमाघ १९,इनरुवा कोसी टप्पु वन्य जन्तु आरक्ष पश्चिम कुशाहामा आज वाट ४ दिने चरा महोत्सव सुरु हुदैछ । कोसी टप्पु वन्य जन्तु आरक्षको आसपास क्षेत्रमा रहेको तीन जिल्लामा लक्षीत गरि विभिन्न कार्यक्रम सगैं बुधबारवाट ४ दिने चरा महोत्सव सुरु हुदैछ । अन्तराष्टिय सिमसार दिवशको अवश्वरमा ४ दिने चरा महोत्सव गर्न लागेको हो । आफनो क्षेत्रमा रहेका तीन जिल्लाको विधालय , समिति र उपभोक्ता समितिहरुलाई विभिन्न कार्यक्रम गद ४ दिने चरा महोत्सव सुरु हुदैछ । नेपाल सरकारले सन् २०११ लाई पर्यटन वर्षको रुपमा मनाईरहेको सन्दर्भमा कोसी टप्पुमा चरा वर्षको रुपमा आज फेव्ररी २ देखी चरा महोत्सव सुरु गर्ने कोसी टप्पु वन्य जन्तु आरक्ष मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र यादवले जानकारी दिनुभयो । विश्व सिमसार तथा एघारौं चरा दिवशको अवसर पारी आरक्षले चरा महोत्शवको आयोजना गर्न लागेको आरक्षले जनाएको हो ।महोत्शवमा विभिन्न किसिमका कार्यक्रम गर्ने समेत यादवले वताउनुभयो । महोत्सवको अवलोकनका लागी आरक्षले आन्तरीक पर्यटकलाई प्रवेश निशुल्क दिने र वाहृय पर्यटकलाई भने आरक्षले महोत्सवको समयमा छुट दिने यादवले जानकारी दिनुभयो । आरक्षले आन्तरीक पर्यटकसंग २० रुपैयाा प्रवेश शुल्क लिदैं आएको छ तर यो वर्षलाई चराव वार्ष्ाको रुपमा मनाउने तयारी गरिएकाले चरा महोत्सवको अवलोकनका लागी आरक्षले आन्तरीक पर्यटकलाई प्रवेशमा कुनै शुल्क नलिने भएको हो । यादवका अनुसार आज सरसफाई तथा चरा अवलोकन , पुस्कार वितरण , फेव्ररी ३ मा सुनसरी र सप्तरीको विभिन्न स्थानमा साईकल रयाली तथा विधालयहरुमा हाजरी जवाफ प्रतियोता लगायतका कार्यक्रम गर्ने भएको छ । त्यसतै कोसीमा नाउा सयर गर्ने , विभिन्न जातजातीको झाकी प्रदर्शन , नाटक र चराको दृष्यावलोक लगायतको कार्यक्रम गर्दै फेव्ररी ४ मा महोत्सवको समापन हुने आरक्षका संरक्षण अधिकृत अशोक रामले जानकारी दिनुभयो । यसैवीच नेपालकै पलिो रामसार सुचीमा सुचीकृत कोसी टप्पु वन्य जन्तु आरक्षमा चराको प्रजाती वढरेको भएको पनि चराको संख्या भने घटदौ क्रममा रहेको आरक्षले जनाएको छ । चराको जाधानीको रुपमा चिनिएको कोसी टप्पुमा चराको प्रजाती वढेको भए संख्या घटेको कोसी टप्पु वन्य जन्तु आरक्ष पश्चिम कुशाहाले जनाएको छ । चराको व्यापक चोरी तस्करी र जलवायु परिर्वनका कारण आरक्षमा चराको संख्या घटेको आरक्षले जनाएको हो । सरकारले चराहरुको संरक्षणमा ध्यान नदिएकोकारण आरक्षमा चराको संख्या घटेको आरक्षका संरक्षण अधिकृत असोक रामले जनाकारी दिनुभयो । १ सय ७५ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको आरक्षको विशेषताहरुमा विश्वकै दुर्लव अर्ना , गिद्ध र ४ सय ४६ प्रकारका चराहरुकोवासस्थान रहेको आरक्षमा केही वर्ष यता चराको संख्या घटेको आरक्षका संरक्षण अधिकृत असोक रामले जनाकारी दिनुभयो ।