Friday, January 21, 2011

एमाले अध्यक्षलाई थप्पड हान्नेविरुद्ध मुद्दा दायर

पिकअप समाचारदाता
इटहरी (सुनसरी), माघ ७ - सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनाललाई थप्पड हान्ने सुनसरी भरौल- ५ का देवीप्रसाद रेग्मीविरुद्ध सार्वजनिक अपराधको मुद्दा दायर गरिएको छ ।
एमाले जिल्ला कमिटी सुनसरीका कार्यालय सचिव गोविन्द कार्कीले रेग्मीविरुद्ध शुक्रबार सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दायर गरेका हुन् । कार्कीको जाहेरीका आधारमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले रेग्मीलाई १५ दिन थुन्न आदेश दिएका छन् । उनलाई तारेखमा छाड्ने वा २८ हजार जरिवाना लिने अधिकार प्रजिअसँग छ ।
पार्टी कार्यक्रममा भाग लिन आएका एमाले अध्यक्ष खनाललाई एक पूर्व कार्यकर्ताले बिहीबार थप्पड हानेका थिए । खनाललाई थप्पड हान्ने ५२ वर्षिय रेग्मीलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखेको छ ।
'नेताहरुले देश बर्बाद पारे, मर्नुभन्दा बहुलाउनु निको' भन्दै थप्पड हानेको उनले बताएका थिए । रेग्मीलाई माओवादी कार्यकर्ताले उकासेर थप्पड हान्न लगाएको एमालेले दाबी गरेको छ । 'आफ्ना धेरै कार्यकर्ता एमालेमा प्रवेश गरेपछि उनलाई माओवादी कार्यकर्ताले थप्पड हान्न लगाए,' एमाले जिल्ला कमिटी अध्यक्ष रेवतीरमण भण्डारीले दाबी गरेका छन् ।
प्रकाशित मिति: २०६७ माघ ७ ०३:२४

नुन देखि सुन सम्म तस्करी

पिकअप समाचारदाता

माघ ७ गते । भन्सार कार्यालय बिस्थापित हुँदा भारतिय खुल्ला सिमामा अहिले नुन देखि सुन सम्म तस्करी भईरहेको छ । छोटी भन्सार कायार्लय शिशुवा धरमपुर र घुस्की छोटी भन्सार कार्यालय घुस्की शसस्त्र जनयुद्धको क्रममा बिस्थापित हुँदा सो नाकाबाट अहिले दिनहुँ कडौडो मुल्य बराबरको सामान तस्करी हुने गरेको छ । सुनसरीको देवानगंज,घुस्की र बसन्तपुर नाका भई दिनहुँ कडौडो मुल्य बराबरको सामान नेपाल भित्रने गरेको स्थानियबासीहरुको भनाई रहेको छ । तस्करी प्रहरी कै मिलेमतोमा भईरहेको समेत तथ्य फेला परेको छ । स्रोतका अनुसार शसस्त्र प्रहरी बल घुस्की,बसन्तपुर र भुटाहाका ईनसपेकटर देखि डिएसपी सम्मलाई मासिक १५ हजार देखि १ लाख सम्म करिब २ दर्जनको हाराहारीमा तस्करहरु घुँस खुवाईरहेको पाईएको छ ।

वाल मैत्री नगर नभएको वालवालीकाको आरोप

जयकृष्ण यादव ईनरुवा,माघ, ७ गते । सुनसरीको सदरमुकाम इनरुवालाई वाल मैत्री नगर घोषणा गरिए पनि मापदण्ड पुरा नगरेको वालवालीकाहरुले आरोप लगाएका छन् ।केही वर्ष अगाडी नै इनरुवा नगरलाई वाल मैत्री नगर घोषणा गरिएको भए पनि मापदण्ड पुरा नगरेको वालवालीकाहरुले आरोप लगाएका हुन् । आईतवार इनरुवा नगर क्षेत्रका वालवालीकाहरुको भेलामा सहभागी भएकाहरुले यस्तो आरोप लगाएको हो । सरकारले वाल मैत्री भनिए पनि स्थानीय स्तरमा कार्यन्वयन नभएको वालवालिकाहरुको आरोप छ । यसैवीच इनरुवा नगर क्षेत्रका वालवालीकाहरुको भेलावाट इनरुवा नगर स्तरिया वाल अधिकार संजाल सुमीत्रा नेपालीको अध्यक्षतामा पुनर गठन भएको छ ।वालवालीकाको भेलावाट उपाध्यक्षमा प्रभु नारायण चौधरी , सचिवमा शुसान्त वस्नेत , सह सचिवमा सृजना वि।क। र कोषध्यक्षमा राजेश उरावा चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा अमन चौधरी , सुमन शाह , केवल कटुवाल र मेलिना वि।क. चयन भएको संजालले जनाएको छ । वालवालीकाहरुले आफनो अधिकार र नगर क्षेत्रमा रहेका वालवालिकाहरुको सवालमा काम गर्ने इनरुवा नगर स्तरिया वाल अधिकार संजालका अध्यक्ष सुमीत्रा नेपालीले जानकारी दिनुभयो ।

एमाले अध्यक्ष खनालमाथि पूर्वकार्यकर्ताको हातपात

देश बिगार्ने नेतालाई नकुटेर के गर्नेः आरोपी रेग्मी यस्ता झिनामसिना कुरामा अल्झन हुन्नः अध्यक्ष खनाल
प्रवेज आलम
सुनसरी, ६ माघ
मञ्चवरिपरि ५० जना सुरक्षाकर्मी तैनाथ थिए, एमालेको युवा दस्ता युथफोर्सका पनि ५० भन्दा बढी स्वयंसेवक सतर्क थिए । एमाले अध्यक्ष झलनाथ खनालले नयाँ एमालेहरूलाई अबिर लगाइरहेका थिए, तर एकजना पुराना एमालेले अध्यक्षको गालामा झापड हाने ।
सुनसरी एमालेले बिहीबार इटहरीमा आयोजना गरेको कार्यक्रममा मञ्चको मुख्य भागमा एमालेका अध्यक्ष झलनाथ खनाल उत्साही थिए, उनले पार्टी प्रवेश गरेका कार्यकर्तालाई रातो टिका लगाएर स्वागत गरिरहेका थिए । मञ्चमा एमाले कोसी अञ्चल संयोजक राजेन्द्र गौतम, सचिव जीवन घिमिरे, सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीलगायतका नेताहरू पनि प्रफुल्लित मुद्रामा थिए । कांग्रेस, माओवादी र राप्रपाबाट ताँतीका ताँती युवा एमालेमा प्रवेश गरिरहँदा सभामा तालीको गडगडाहटसहित हुटिङ भइरहेको थियो ।
एमाले प्रवेश गर्नेहरूको ताँतीमा टोपी र कोट लगाएर एक अधबैँसे पनि मञ्च पुगे । उनी अगाडि पर्नासाथ एमाले अध्यक्ष खनालले खुसी हुँदै हात मिलाए । अब पालो थियो टिका लगाउने । निधारमा रातो टिका लगाई दिन खोज्दा उनले खनालको हात झट्कारेर पन्छाइ दिए ।
एमाले प्रवेश गर्न भनेर लाइनमा आएका सहभागीले हात झट्कारिदिएपछि अध्यक्ष खनालले दुवै हात तल झारेका थिए । त्यही मौका छोपेर ती व्यक्तिले दाहिने हातले खनालको देब्रे गालामा थप्पड हाने । गालामा थप्पड पर्नसाथ खनाल झस्किएर पछाडि हटेका थिए । खनालको चस्मा पनि भुइँमा झरेको थियो । चस्माले खनालको नाकको दाहिने डाँडीमा रगत आउने गरी काटेको छ ।
सुरुमा त खनालको पछाडि उभिएका निजी सुरक्षागार्ड मानराज बाँनिया हेरेको हेरै भए । तर, खनालमाथि आक्रमण भएपछि उनले कुट्ने व्यक्तिलाई धकेल्दै मञ्चबाहिर निकाले । प्रमुख अतिथिमाथि नै हातपात भएपछि माहोल एकाएक तातिएको थियो ।
कार्यकर्ताको भीड कुट्ने व्यक्तितर्फ केन्दि्रत भएको थियो । तत्काल प्रहरीको नियन्त्रणमा रहेका उनलाई नवप्रवेशी तथा पुराना कार्यकर्ताले कुटपिट गर्न थालेपछि जोगाउन प्रहरीलाई हम्मे परेको थियो । त्यसवेलासम्म उनी को हुन् र किन त्यसरी अध्यक्ष खनाललाई थप्पड हानेका हुन्, सबै बेखबर नै थिए ।
प्रहरीको नियन्त्रणमा कार्यकर्ताको कुटाई खाइरहेकै वेला उनले पत्रकारहरूसँग भने, 'म सुनसरीको भरौल वडा नं १ निवासी देवीप्रसाद रेग्मी हुँ ।' थप्पड हान्नुभएको भन्ने प्रश्नमा उनले भने, 'देशलाई बर्बादीतर्फ लगेकाले नेताहरूलाई सचेत गराउन मैले थप्पड हानेको हुँ, देशमा बेरोजगारी बढेको छ । तर, यिनीहरूलाई चिन्ता छैन । यिनैले गर्दा देश यो परिस्थितिमा पुगेको छ । अनि यिनीहरूलाई नकुटे कसलाई कुट्ने त ?'
उनले आफूलाई कसैले पनि परिचालन नगरेको दाबी गरे । किन एमालेकै अध्यक्षलाई चाँहि हिर्काउनुभएको भनी पत्रकारहरूले प्रश्न गर्दा उनले भने, 'म एमालेकै पूर्वकार्यकर्ता हुँ, अहिले एमालेकै नेतृत्वमा सरकार छ, उसैको (एमालेको) अध्यक्षलाई नहिर्काए कसलाई हिर्काउने त ?'
आफू कुनै पार्टीको नेता तथा कार्यकर्ता नभई समान्य 'खेती किसानी' भएको उनले बताए । 'म पहिलेदेखि एमाले पार्टी समर्थक हुँ । तर, एमालेले यो देशमा यत्रो वर्ष राजनीति गरेर देशलाई तल धकेल्ने काम गर्‍यो,' उनले आरोप लगाए । दसवर्षे जनयुद्धबाट आएको माओवादीले पनि केही गरिहाल्छ की भनेर आफूले मतदान गरेको, तर माओवादीले पनि जनतालाई धोका दिएको आरोप उनले लगाए । नेताहरूको व्यवहारबाट आजित भएपछि उनीहरूलाई सचेत गराउन थप्पड हान्नुपरेको उनले बताए ।
भरौल गाविसका पूर्वगाविस उपाध्यक्ष योग्यराज खड्का अनुसार ४९ वर्षीय रेग्मी दुई छोराका बाबु हुन् । उनी राजनीतिमा भन्दा पनि खेती किसानी गर्ने समान्य किसान हुन् । उनले किन त्यसरी अध्यक्ष खनाललाई थप्पड हाने आफूले बुझ्न नसकेको उनको भनाइ छ । एमालेका तर्फबाट बनेको छानबिन कमिटीका सदस्य नन्द बस्नेतका अनुसार रेग्मी अलि सन्काहा प्रवृतिका व्यक्ति भएकाले कसैले उकासेको भरमा अध्यक्ष खनालमाथि थप्पड हानेका हुन् । एक माओवादी कार्यकर्ताको मोटरसाइकलमा पछाडि बसेर अध्यक्ष खनालको भाषण सुन्न भनेर इटहरी आएको पत्ता लागेको बस्नेतले बताए ।
दुव्र्यवहारपछि पनि अध्यक्ष खनालले कार्यक्रम रोकेनन् । उनले बाँकी नवप्रवेशी कार्यकर्तालाई टिका लगाई दिए, तर बडो सतर्कतापूर्वक । उनले करिब २० मिनेट भाषण पनि गरे । उनले भाषण अवधिमा दुव्र्यबहारको प्रसंगै उठाएनन् । बरू शान्ति, संविधान र नयाँ सरकारबारे मात्रै बोले । मन्तव्य सकिएलगत्तै मञ्चबाट ओर्लिएका उनले पत्रकारहरूसँग छोटो कुरा गर्दै 'यस्ता झिना मसिना' कुरामा आफू नअल्झने प्रतिक्रिया दिए ।
कार्यक्रमपछि कडा सुरक्षासाथ इटहरी नगरपालिकाअगाडिको होटल रोयलमा प्रवेश गरेका खनालले पाउरोटी र एक गिलास दुध खाएका थिए । होटलमा कुरा गर्न आग्रह गर्दा प्रहरी र कार्यकर्ताले पत्रकारलाई भित्र प्रवेशमा रोक लगाएका थिए ।
एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीले घटना दुःखद भएको बताए । यसमा कसैको षड्यन्त्र भएको उनले बताए । राज्यले २४ घन्टाभित्र छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने उनले माग गरे । उनले रेग्मी माओवादी कार्यकर्ता भएको दाबी गर्दै घटना नियोजित भएको दाबी गरे ।
खनालमाथि हातपात भएको खबर फैलिएपछि पूर्वक्षेत्रका प्रहरी प्रमुख डिआइजी विनोद सिंह, एसएसपी मिङमार लामा, सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया, सुनसरी प्रहरी प्रमुख भूपाल भण्डारीलगायतको टोली इटहरी आई घटनाका विषयमा जानकारी लिएको थियो । सो टोलीले अध्यक्ष खनाललाई होटल मितेरीमै भेटेर दुःख व्यक्त गरेको थियो । पूर्वक्षेत्रका प्रहरी प्रमुख सिंह र प्रमुख जिल्ला अधिकारी थपलियाले तत्काल छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गरिने बताएका थिए ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी थपलियाले घटना ज्यादै दुःखद् भएको प्रतिक्रिया दिए । 'मैले आरोपी रेग्मीसँग पनि कुराकानी गरेँ, केही दिनमै घटनाको विषयमा सत्यतथ्य बाहिर आउनेछ,' उनले भने । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक श्यामल सुब्बाले सुरक्षामा कुनै पनि कमजोरी नगरेको दाबी गरे । उनले एमालेकै स्वयंसेवकका कारण यस्तो घटना भएको बताए । छानबिनपछि कारबाही प्रक्रिया अगाडि बढाउनेसमेत उनले बताए ।
खनालाई विदाई गरेपछि एमाले जिल्ला कमिटी सुनसरीको सचिवालयको बैठक बसेर पार्टीका सुनसरी उपाध्यक्ष मोतिराज सुनुवारको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको छ । समितिका सदस्यहरूमा केशव विष्ट र नन्द बस्नेत छन् । सो समितिले पाँच दिनभित्र घटनाको प्रतिवेदन सार्वजनिक गर्नेछ ।

Thursday, January 20, 2011

कतारबाट नेपाल शव आउन १५ दिन

ईमितयाज अन्सारी
भुटाहा ।
६ महिना अगाडि बैदैशिक रोजगारको सिलसिलामा कतार पुगेका सुनसरीको रामनगर भुटाहा ७ का एक युवकको शव आज शुक्तवार नेपाल ल्याईएको छ । सुनसरी रामनगर भुटाहा ७ का ३० बषिर्य अरसद अन्सारीको पुस २४ गते कतार मै मृत्यु भएको थियो भने आज शव नेपाल ल्याईएको छ । अन्सारीको यता घरमा दुई श्रीमती र ७ सन्तान रहेका छन् । उनको आज मुस्लिम धर्मावलम्बी अनुसार भुटाहा ७ मा रहेको ठूलो क्रबिस्तानमा अनतिम संस्कार गरिने उनका छिमेकी खालिद अन्सारीले जानकारी गराएका छन् ।

Monday, January 17, 2011

बनात बनेपछि पढ्न पाए मुस्लिम छात्राहरु

दाउद अन्सारी
घुस्की ।
सुनसरी घुस्की ९ मा बनातको स्थापना भएपछि यहाँ बनचित मुस्लिम विद्याथीर्हरु पढ्ने अवसर पाएका छन् । गािवस घुस्की र स्थािनयबासीको सहयोगमा िनमाण भएको मदरसतुल बनात नामक िवद्यालयले त्यहाँका करिब एक सय िवद्याथीर् लाभान्िवत भएका हुन् । क्क्षा ३ देिख कक्षा ६ सम्म स्थापनाभएको सो िवद्यालयमा जम्मा ५ िशिक्ष्का कायर्रत रहेको प्रअ िफरोजा खातुन फलाहीले बताईन् ।

भारतीय रुपैयाको अवैध कालोबजारी

तबरेज आलम अन्सारी
सुनसरी ।
नेपालको खुल्ला सीमाक्षेत्रमा भारतीय रुपैयाको खुल्ला कालोबजारी हुनेगरेको तथ्य फेला परेको छ । नेपालको बीराटनगर, ईटहरी, ईनरुवा,राजबीराज,लहान,बीरगंज लगायत प्रमुख शहरहरु देखी िलएर खुल्ला सीमामा रहेक गावीसहरु रामनगर भुटाहा, घुस्की, देवानगंज, घुस्की,चीमडी लगायतका गावीसहरुमा अवेध भारतीय रुपैयाको कालोबजारी बढेको हो ।नेपालमा भारतीय ५०० र १००० को नोटमा राष्ट बैकले प्रतीबन्ध लगाए पनी भारतीय रुपौयाको बीगबीगी घटेको पाईदैन । भारतीय रुपैयाको कालो बजारी प्रशाशन कै अगाडी हुने गरेपनी स्थानीय प्रशाशन मौन देखीनुमा प्रशाशनको समेत मिलेमतो रहेको ठहर गनर् सकिन्छ । नेपालमा कालोबजारीको रुपमा १०० को १६० हुने ठाउँमा १६३ देखि १६६ रुपैयासम्म लीने छ तर त्यसको रोकथाम तफर् कुनै कदम चालेको पाईदैन । त्यही क्रममा सुनसरीको घुस्की गािवसमा प्रशाशन कै अगाडि भारतिय रुपैयाको अवैध कारोबार हुने गरेको स्थानीय बासी दाउद अन्सारीले जानकारी दिएको छ । अन्सारीका अनुसार घुस्की गािवसमा मात्र िदनहुँ १० लाख सम्म भारतिय रुपैयाको अवैध कारोबार भई रहेको छ । यसरी खुल्ला रुपमा भारतिय रुपैयाको कारोबार हुनुमा िदनहुँ यहाँका जनता ठगिन बाध्य भएक छन् । सुनसरीको गौतमपुरमा समेत एकजना भारतियले यसको ब्यापर गदैर् आईरहेको रहस्य सावर्जनिक भएको छ ।

सावधान ! असुरक्षित बन्दै छ राजधानी

बी.पी.साह–कामचलाउ सरकारका गृहमन्त्री कमाउ धन्दामा र प्रहरी अधिकृतहरु घुसको थैली बलियो बनाउँदै पार्टी नेता, विभिन्न दलबाट प्रतिनिधित्व गर्दै सरकारमा गएका मन्त्रीहरू तथा गृहमन्त्री सामु पुग्नुलाई कामको सफलता मान्दै मस्त रहेका बेला उपत्यकालगायत देशकै सुरक्षा व्यवस्था चौपट्ट भएको छ । भारत र चीनका विभिन्न नाका हुँदै काठमाण्डैमा हतियार भित्रिने क्रम तिव्र भएको छ । राजनीतिक संरक्षमा र टुलपाटको धन्धामा संग्लन ब्यक्तिहरुले हतियार भित्रयाउन थालेका प्रहरी श्रोतहरु नै बताउँ छ । केही दिन पहिले प्रहरीले सार्वजनिक गरेको एक प्रतिवेदनमा काठमाण्डौमा साना हतियारहरु बढदै गएको र पुराना थाति राखेको हतियारहरु पनि अव प्रयोगमा आउन थालेको देखाईको थियो । काठमाण्डौमा हतियार देखाएको लुटपाटको घटना तिव्र भएको छ । केही दिनअघि महानगरीय प्रहरी प्रभाग कमलपोखरीबाट डेढ सय मिटरको दूरीमा रहेको नर्सिङ होमनजिकै दिउँसो ३ बजे व्यापारी पवन सरिया लुटिएको एउटा उदाहरणमात्र रहेको हो ।
लुटेरा समूहले पेस्तोल तेस्र्याएर उनको साथमा रहेको ७० लाख रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ । कमलपोखरी चोक राजधानीको अत्यन्त व्यस्त स्थानमध्येको एक हो । दिनभर संकलन भएको रकम घरमा एलसी खोल्ने उद्देश्यका साथ ल्याइएको र हिमाल नर्सिङ होमसंगैको थिरबम मल्ल सडकबाट उनी लुटिएको प्रहरीले जनाएको छ । व्यवसायी सरियाका अनुसार कामदार अभिजित शर्माले गणबहालबाट घरमा राख्न सो रकम ल्याएका थिए । व्यस्त सडक भएकाले उनी लुटिएको नजिकका व्यवसायीहरुले समेत पत्तो पाएनन् । सरिया मोटरसाइकलमा कमलपोखरीस्थित गोदाममा आएलगत्तै उनीमाथि आक्रमण भएको थियो । सुरुमा एक व्यक्तिले कुटेर झोला खोस्न लागेको अवस्थामा भित्रबाट एक महिलाले किन कुटेको भनेपछि लुटेरा समूहले सरियाको कन्चटमा पेस्तोल तेस्र्याएका थिए । लुटेरा समुहसूग सरियाले केही समय प्रतिवाद गरेपछि पेस्तोल देखाई लुटेर भागेको उनको गोदाममा कार्यरत एक कामदारले भने ।
त्यतिबेला हिमाल अस्पतालअगाडिको चोकमा कमलपोखरी प्रहरीको सीआरभी भ्यान पनि तैनाथ थियो । तर, प्रहरीले समेत कुनै वास्ता नगरेको प्रत्यक्षदर्शीले जनाए । पैसा लुटेर उनीहरु नक्साल भगवतीबहालतर्फ भागेको महानगरीय प्रहरी प्रभाग कमलपोखरीका प्रहरी निरीक्षक मिलन केसीले भने पनि प्रहरी भ्यान वेमतव रहनुका बारेमा केही भनेनन् । व्यवसायी सरिया सीएफएल चिम आयात, सिमेन्ट फयाक्टूीलगायतका व्यवसायमा संलग्न छन् । उनले महानगरीय प्रहरी परिसरमा हनुमानढोकामा पुगेर लुटिएको पैसा ७० लाख रहेको जनाए । तर, उनले जाहेरी भने दिएका छैनन् । उनले सो पैसा कहाँबाट आयो भनेर स्रोत पनि खुलाएका छैनन् । उनी चर्चित सुनव्यापारी लगोविन्द सरयिाका भतिजा हुन् । अवैधानिक तवरबाट लाखौं रकम ओसार पसार गर्ने काला बजारियाहरूसूग सम्बन्धित यस्ता कैंयौं घटना राजधानीमैं हुने गरेका छन् । सार्वजनिक स्थानमा लुटिएको उक्त रकमकाण्ड सर्वसाधारणको आँखामा नपरेको भए गुपचुपमै रहने विशलेषण गर्न सकिन्छ ।

Sunday, January 16, 2011

नापी प्रमुख यादबको कमाल,सेवाग्राहीको छ बेहाल

इनरुवा– तपाईको जग्गा घटेको छ वा घटेको जग्गा बढाउनु छ ?छ भने चिन्ता नगर्नस जिल्ला नापी शाखा कार्यालय सुनसरीका नापी अधिकृत नेतृत्वको केही कर्मचारी सम्लित एक टोलीलाई सम्पर्क गर्दा हुन्छ ।सर्र्वसाधरण तथा राज्य भित्रको सम्पूर्ण जग्गा सबन्धी अभिलेख राखी सर्वसाधरणका निम्ती सेवा उपलब्ध गराईने उद्धेश्यले सरकारले स्थापित गरेको नापी शाखा सुनसरी भने अहिले सर्वसाधरणको जग्गा घटाउने र बढाउने अखडाको रुपमा परिणत भएको छ ।जिल्ला नापी शाखा कार्यालय सुनसरीले अभिलेख स्वरुप नक्सांकन गरेको जिल्ला भित्रका नक्साहरुमा सर्वसाधरणको जग्गा साललै पिछै घटने र बढने समस्या बाट लामो समय अघि देखी पिडित सेवाग्राही हरु थप पिडा पाउनबाट अहिले पनि जोगिन सकेका छैन । समाचार स्रोतका अनुसार जग्गा खरिद बिक्री प्रयोजनका लागी हुने गरेको किताकाट गर्दा नापी कार्यालय सुनसरीका नापी प्रमुख सत्रुघन यादब नेतृत्वको कर्मचारीहरुको टोलीले किताकाटदा घटाउने र बढाउने कार्यमा प्रत्यक्ष संगलन हुने गरेका छन । एक बर्ष अघि पल्टिन ब्यवसायीबाट जग्गा खरिद गरेका इटहरी ४ का हेमन्त कार्की एक सता अघि जग्गा बिक्रि गर्न आउदा उनले आफुले खरिद गरेको जग्गामा दुई धुर जग्गा कम पाए पछी नापी शाखा भित्रको चलखेलको पर्दाफास भएको हो । कार्कीले इटहरी १ स्थित किता नम्वर ११२ को १ कठा ४ धुर जग्गा ४३ लाखमा खरिद गरेको १ बर्ष पछी सोही वडाका धन कुमार रुमदालीलाई बिक्रि गरी जग्गा नामसारी प्रक्रियाका लागी जिल्ला नापी शाखा कार्यालय सुनसरी पुग्दा आफनो जग्गा नक्सामा २ धुर कम पाएका थिए । जग्गा कम भएको पाए पछी पिरोलिएका कार्की अन्तत आफनो जग्गा किने अनुसारको पुर्ती गर्न नापी कार्यालयका सो टोली समक्ष पुगी सो कार्यालयका नापी अधिकृत सत्रुधन यादबलाई १ लाख १० हजार नजरना दिई आफनो जग्गा पुर्ती गराउन बाध्य भएका थिए । सो्रतकान अनुसार नापी अधिकृत यादब नापी सर्भेक्षक लोक बहदुर कार्की लगायत अन्य कर्मचारी समिलित सो टोलीले सेवागा्रहीहरुको जग्गा किताकाट गर्दा यस अघि समेत दर्जनौ सर्व साधरण सग लाखौ रकम असुल गरि सकेका छन । सो टोलीले हाल ब्यापक मात्रामा बृद्धी भएको पलटिग ब्यवसायहरुबाट लाखौ रकम असुल उपर गरी इटहरी र आसपास क्षेत्रका ऐलानी जग्गा समेत ब्यक्तिको नापी अभिलेखमा नक्सांकन गरी ऐलानीसमेत मासेको सा्रेतले दावी गरेको छ ।आठ महिनाअघि सुनसरी नापी कार्यालय आएका अधिकृत यादबको प्रत्यक्षनिर्देशनमा घुसखोरी पष्टाएको भन्दै इनरुवाका स्थानीय युवाहरुले सुनसरीकाप्रजिअलाई जानकारी समेत गराउदा पनि हाल सम्म खुलेआम घुसखोरी नियन्त्रयण हुन सकेको छैन । नापी शाखा कार्यालय सुनसरीबाट पाउने समान्य सेवा समेत घुस बिना नहुने गुनासो हरु चर्चामा आई रहेकै बेला नापी प्रमुख द्धारा भएको जग्गा घटबढको क्रियाकलापले अन्य जग्गा धनीहरु समेत थाहै नपाई जग्गा घटेको समस्याबाट पीडित हुदै आएका छन् ।

सातजना सञ्चालक पक्राउ, स्रोह म्यानपावर शिल्ड

शेखर ढकालइटहरी ३ माघ ।अबैधरुपमा सञ्चालीत म्यानपावरबाट सर्वसाधारण ठगिएपछि इटहरीमा रहेका यस्ता म्यानपावरका सञ्चालकलाई नियन्त्रण लिएर कार्यालयमा तालाबन्दि गरिएको छ । नेपाल बैदेशिक रोजगार संघको नेतृत्वमा स्थानिय प्रशासन र पत्रकार सहितको अनुगमन टोलीले विना इजाजत म्यानपावर सञ्चालन गर्ने सात जनालाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको छ । यस्तै टोलीले अवैध रुपमा सञ्चालनमा रहेका इटहरीका १६ वटा म्यानपावर कम्पनीमा तालाबन्दी समेत गरेको छ । अनुगमनका क्रममा इजाजत पत्र नपाइका म्यानपावरका शाखा सञ्चालकलाइृ नियन्त्रणमा लिएको र कार्यलयमा तालाबन्दी गरिएको संघका उपाध्यक्ष प्रेम रानाले बताउनु भयो ।इजाजत नलिइ शाखा सञ्चालन गर्ने प्यासिफिक ओभारसिजका एस् शर्मा, भेरी कर्णाली म्यानपावरका राम भट्टराइ, इक्वेडर इम्पोइमेन्ट सर्भिसेजका विरेन्द्र थापा, अल सन्डोष जव प्लेसमेन्टका विनोद मेहता, सदिक्षा ओभरसिजका तुलसी अर्याल र अरु दुइवटा म्यानपावर सञ्चालकलाई अनुगमन टोलीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो । सञ्चालकलाई नियन्त्रणमा लिएर कार्यलय समेत सिल्ड गरिएको नेपाल बैदेशिक रोजगार संघका सुनसरी अध्यक्ष हेमन्त सिटौलाले बताउनु भयो । यस्तै टोलीले इटहरीमा श्रम विभागको इजाजत विना सञ्चालनमा रहेका सिग्मा ओभरसिज, एस ओ एस म्यानपावर, लालधनुष ओभरसिज, जानकी जब प्लेसमेन्ट, युरो एसिया ओभरसिज, त्रिकोण म्यानपावर, सुनेरा नेपाल, जाकीम ओभरसिज, नविल ओभरसिजल लगायतका शाखामा समेत सिल्ड गरिएको छ । ती म्यान पावरका सञ्चालक फेला नपरेकाले कार्यलय मात्र सिल्ड गरिएको सिटौलाले जनाउनु भयो ।पटक पटक श्रम विभागको इजाजत ल्याएर कार्यलय सञ्चालन गर्न आग्रह गर्दा पनि इटहरीमा सञ्चालित अवैध म्यनपावर कम्पनीले नटेरेकाले संघले स्थानिय प्रशासनको सहयोगमा यस्ता म्यानपावरका सञ्चालकलाई नियन्त्रणमा लिएर कार्यलयमा तालाबन्दी गरेको बताउनु भयो ।तालाबन्दिसगै वैधानिक कागजपत्र लिएर संघमा सम्पर्क गर्न सुचना टाास गरिएको छ । अबैधानिक रुपमा सञ्चानमा रहेका म्यानपावरबाट विदेश जाने धेरै युवा युवती ठगीएका र गठीएकाहरुले न्याय समेत नपाएकाले अभियान थालेको संघले जनाएको छ ।तालाबान्दी गरिएका म्यानपावरबाट विदेश जानका लागि पासपोर्ट र पैसा बुझाएका सर्वसाधारणलाई भने संघले बुझेर पठाउन मिल्ने भए पठाउने नत्र पैसा फिर्ताका लागि पहल गर्ने संघका सुनसरी कोषाध्यक्ष किरण कार्कीले बताए ।पहिलो चरणमा इटहरीमा रहेका अवैध म्यानपावरलाई बैधानिक बनाउने काम सुरु गरिएको र दोस्रो चरणमा धरान र इनरुवामा रहेका अवैध म्यानपावरको समेत छानविन गरिने संघले जनाएको छ । अनुगमनटोलीसंग म्यानपावर पीडितहरुले गुनासो समेत राखेका थिए । प्यासिफिक ओभरसिजमा ९० हजार बुझाएर पनि लामो समयदेखि आफुलाई विदेश नपठाई झलाएर राखेको कतारका लागि पासपोर्ट बुझाएकी कौशिला चौधरीले बताइन् । आजै उडाउला भनेको धेरै भयो तर पनि अझै झुलाइ रहेको उनको भनाइ थियो ।म्यानपावर ब्यवसायीलाई ब्यवस्थित बनाउन संघले यो कार्य थालेको अध्यक्ष सिटौलाले बताए । 'बैधानिक म्यानपावरबाट जादा सर्वसाधारण पनि ठगिनबाट बच्ने हुनाले हामीले यो अभियान थालेका हौ,'सिटौलाले भने ।

यस्तो छ,सुजाताको राष्ट्र घाती कार्यहरु

बी।पी।साह–काठमाडौं – उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला अन्तराष्ट्रिय तस्कर तथा आतंकवादी गिरोहसँग सम्बन्धित रहेको रहस्य न्यूज अप्रेशनले फेला पारेको छ । उनी लागूऔषधदेखि, हतियार, जाली पासपोर्टजस्ता अवैध धन्दामा क्रियाशील रहेको पाइएको छ । अहिले पनि जर्मन पतिलाई अपनाइरहेकी सुजाताले एभरेष् होटलमा आफ्ना पतिको लागि छुट्टै कोठा बुकिङ गरिरहेकी छिन् । बारम्बार नेपाल आउने गरेका उनका पतिका लागि छुट्याइएको होटलको खर्चसमेत सरकारी कोषबाट उनले दिने गरेकी छन् । मण्डिखाटारमा सुजातासितै बस्ने उनका कर्मचारी महेश कोइरालाका सामुन्ने केही वर्षअघि जर्मन नागरिकता जलाएकी सुजाताले विधिवत रुपमा नेपालको नागरिकता लिएकी छैनन् ।बलिष्ठ पुरुषद्वारा दैनिक मसाज गराउने उनले मसाज खर्चमात्र मासिक एक लाखभन्दा बढी गर्नेगरेको उनी आफैं बताउँछिन् । आफ्ना निकटका कार्यकर्ताहरुलाई दैनिक लाखौं रकम बाँड्ने उनले सरकारबाट मासिक तलवभने ३३ हजारमात्र पाउँछिन् । ३३ हजार रुपैयाँ त सुजाताका लागि ‘गार्डेन खर्च’मात्र हुने सुजाता निवासका कामदारहरू बताउँछन् ।
अर्कातर्फ उनको सम्बन्ध ज्वाईँ रुबेल चौधरीमार्फत् अण्डर वल्ड डन दाउद इब्राहिमसँग निकट रहेको बताइन्छ । उनकै निम्तोमा बेलाबेला नेपाल आउने दाउदका भाई नूरा इब्राहिमसित उनको अन्तर्राष्टिूय कारोबारसमेत रहेको थाहा भएको छ । काठमाडौंमा सुजाताले सुधीर भन्ने एक तस्करमार्फत कुलुश्वरमा हाउजिङ व्यवसाय गरिरहेकी छन् भने कलकत्ताका अहमद जद्मानी, ताइवान हुई चान र अफगानिस्तानका मलिकभन्ने एक व्यक्तिमार्फत लागूऔषध, गैंडाको खाग र साना हतियारहरुको कारोबारसमेत गरिरहेकी छन् । हाल थाइल्याण्डको कारागारमा बन्दी जीवन बिताइरहेका रुसी नागरिक तथा अन्तर्राष्टिूय हतियार तस्कर भिक्टर बाउटसँग पनि सुजाताको सम्बन्ध रहेको बताइन्छ । बाउटलाई भेट्ने नियतले बैंककलाई टूान्जिट प्वाइन्ट बनाएर सुजाता महिनामा दुई÷तीनपटक विदेश भ्रमणमा जाने गरेबाट पनि उनको बाउटसंग सम्बन्ध रहेको देखिन्छ । बाउटले रुबेल चौधरीलाई धेरै पटक अफ्रिकी मुलुकहरुमा घुमाउन लगेको तथा नेपालबाट रुबेलले बाउटको नक्कली नाममा पासपोर्ट बनाइदिएको गुगल सर्च इञ्जिनमा जस्ले पनि खोजेर हेर्न सक्छ ।
सुजाता निवासकै छेउमा लाम्ला भन्ने एकजना तिब्बती बस्छन् । पुरानो जर्मन कारमा हिँड्ने उनी हेदा अग्ला र कपाल फुलेका देखिन्छन् । उनको समूहमा बौद्धका उर्गेन नामक एक तिब्बती शरणार्थी पनि छन् । उर्गेन काठमाडौंस्थित चिनियाँ दुताबासका मुख्य एजेन्ट हुन् । उनलाई बौद्धमै चिनियाँले घर बनाइदिएका छन् । प्राप्त जानकारीअनुसार सुजाता, उर्गेन र लाम्ला यति घनिष्ट छन् कि कहिले काँही जाँडकै भरमा एउटै चकटीमा रातभर लम्पसार परेका हुन्छन् । विशेष स्रोतका अनुसार उर्गेनमार्फत सुजाताको शक्तिको प्रयोग गर्दै चिनियाँहरुले भारतीय नक्सलवादीलाई आर्थिक तथा भौतिक सहयोग गरिरहेका छन् ।केही महिनाअघि सुजातालाई भेट्न आएका युनाइटेड लिवरेशन फ्रन्ट अफ असम उल्फाका नेता त्रिभुवन विमानस्थलमा पक्राउ परेका थिए । अहिले उनी भारतीय जेलमा छन् । सुजाताले कार्यकर्तालाई कतिसम्म फूर्ति देखाउँछिन् भने भारतीय दुताबासका अधिकृत एके रोयलाई म जेभन्छु नयाँदिल्लीले त्यही मान्छ भन्नसमेत पछि पर्दिनन् । अर्को जानकारी अनुसार खाडी मुलुकमा रुबेलको राम्रो सम्बन्ध रहेको छ । ज्वाईंमार्फत सुजाताले नेपालबाट साउदी वायूसेवालाई अन्तर्राष्टिूय उडान अनुमति दिलाउन सफल भएकी हुन् । कुनै एक अन्तर्राष्टिूय वायूसेवालाई प्रभावमा लिनसके संसार हल्लाउन सकिन्छ भन्ने सपना देखेकी उनले अहिले नेपाल सरकारलाई नै हल्लाइरहेकी छन् ।

फ्रिज,टीभीदेखि लसुन, प्याजसम्म नेपालमा चाइनिज

फ्रिज,टीभीदेखि लसुन, प्याजसम्म नेपालमा चाइनिज–बिरेन्द्र केएमदेशमा भारतीय हस्तक्षेपको आरोपका सवालहरु उठिरहेका वेला अर्को छिमेकी राष्टू चीनको प्रभाव वढ्दै गएको छभन्दा सायद अनुपयुक्त नहोला । हुन त चाइनाले प्राविधिक क्षेत्रमा क्रान्ति गरेको कुरा पनि ध्रुव सत्य नै हो । यद्यपि नेपालमा खुल्ला रुपमा भित्रिने गरेको चाइनिज प्राविधिक इलेक्टूनिक सामाग्रीहरुको प्रवेशले राज्यको राजश्व व्यवस्थामा ठुलो घाटा पुगेको छ ।ठूला राष्टूहरु भारत र चीनका बीचमा पर्ने दुई राष्टूका उपलब्धीहरुको फाइदा बीचको राष्टू अर्थात नेपालले लिनु पनि स्वाभाविक हो तर यसको अर्थ यो होइन कि जे भित्राएपनि छुट नै हुनुपर्छ । कि त राष्टिूय स्तरमै दुई देशसंग सिमावर्ती क्षेत्रबाट आयात(निर्यात गर्ने कुनै विशेष किसिमवाट सम्झौता हुनुपर्दछ । हुन त भारतसंग नेपालको केही हदसम्म त्यस्तो खालको सम्झौता भएको पाइन्छ र भारत तथा नेपाल आवत(जावत गर्न दुवै देशको नागरिकलाई छुट समेत रहेको छ । भारतले उत्पादन गरेका कुनैपनि सामाग्री वस्तु नेपाल भित्राउनकर तिर्नुपर्दछ तर अन्य देशका अनुपातमा केही हदसम्म कम नै तिर्नुपर्ने व्यवस्था छ तर हाल आएर चाइनाले उत्पादन गर्ने गरेको खाद्यवस्तु देखि इलेक्टूोनिक्स सामाग्रीसम्मले नेपाली वजारमा कब्जा जमाएको छ । तर ति सामाग्रीहरु नेपाल भित्राएर वापत कुनै प्रकारको राजस्व भने नेपालले प्राप्त गर्न सकेको छैन । कुनैपनि सामाग्री सस्तो भन्दै नेपाली जनता आकर्षित भएका छन् । पछिल्लो पटक खासगरि इलेक्टूोनिक्स सामाग्रीले नेपाली वजारमा सवैभन्दा वढी स्थान पाएका छन् । अथवा भनौ नेपाली वजारमा जवजवा नै जमाएका छन् । हुन त सस्तोमा पाए अलकत्रा नै चपाउन सक्ने हामी नेपालीमाझ चाइनिज सस्तो सामाग्रीको रुपमा प्रस्तुत भएतापनि साँच्चै भन्ने हो भने नेपाली राजस्व निकायलाई भने ठूलो घाटा पुगेको छ र कुनै न कुनै रुपवाट हामी नेपालीलाई नै भविष्यमा असुविधा देखिने स्पष्ट छ ।नेपालमा अहिले महँगा महँगा इलेक्टूनिक्स सामाग्रीदेखि खाद्य सामाग्री लसुन, प्याज सम्म चानिज पाउन थालिएको छ । निकै सस्तोमा पाइने चाइनिज उत्पादित सामाग्रीवाट नेपाली सर्वसाधारण जनता लाभान्वित भएता पनि भोलि गएर नेपाली उत्पादन बजारलाई समेत अवरोध पु¥याउने स्पष्ट छ ।चीन उत्पादित सामाग्री नेपाल प्रवेश गरिनु हुँदैन भन्ने हाशय अवशय पनि होइन तर यसवारे त्यस्तो निति हुनु आवश्यक छ । दुवै देशवीच त्यस्तो किसिमको सम्झौता हुनु आवश्यक छ । नेपालले चीनको सहयोगमा नेपालनै चाइनिज सामाग्री उत्पादन गर्न सक्ने देखिन्छ । तर यसको उपयोग भने नेपाल सरकारले गरेको देखिदैन । भारतलगायत अन्य देशमा पनि विदेशी उत्पादित सामाग्रीहरु भित्रिन्छन् तर मेड इन इन्डिया आदि आदि भनि त्यस प्रकारले पनि यदि चिन नेपाली जनतालाई सस्तो सामाग्री दिई सेवा गर्न चाहान्छ भने उस्ले यही नेपालकै उत्पादन गर्न जरुरी छ । त्यसवाट नेपालमा रोजगारको समेत व्यवस्थामा टेवा पुग्ने छ र मेड इन नेपाल लेख्न पाइनेछ । विश्वमा नेपालको छवी पनि इलेक्टूनिक्स उत्पादन आदिमा उच्च हुनेछ । नोकिया, कोनका, सामसुङ आदिहरु पनि विभेशी वहुराष्टिूय कम्पनी हुन् तर मेड इन इन्डिया, जापान आदि लेख्छन् । किनकी ती कम्पनीहरुले ती देशहरुकै उत्पादन गर्ने गरेका छन् ।अन्ततः सरकारी उच्चतहवाट यस प्रकारको पहल हुु जरुरी छ । लुकीछिपी तातोपानी आदि नाकाबाट नेपाल भित्राउनुभन्दा सिधै नेपालमै उत्पादन गर्नु सायद चीनको हितमा पनि हुनेछ । तर यसको लागि नेपाली पहल आवश्यक देखिन्छ ।