Thursday, December 23, 2010

बस पल्टिँदा एकको मृत्यु १६ घाइते

मोरङको कटहरीस्थित नहर छेउ बुधबार दिउँसो बस पल्टिदा एकजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

रंगेलीबाट विराटनगरतर्फआउँदै गरेको को १ ख ९४५ नम्बरको बस सडकमा अचानक आएका बालकलाई जोगाउने क्रममा पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । बस पल्टिँदा मोरङको थलाहा-९ की ५० वर्षीय लक्ष्मनिया राजवंशीको मृत्यु भएको छ भने १६ जना यात्री घाइते भएका छन् । तीब्र गतिमा रहेको बस सडकबाट उत्तरतर्फो टेलिफोनको पोलमा ठोक्किएर खाडलमा जाकिएपछि दुर्घटना भएको हो । घटनालगत्तै स्थानीयले उद्धार गरेका घाइतेको विराटनगरस्थित कोशी अञ्चल अस्पताल र न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये छजना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् । बस पल्टिएपछि अधिकांश यात्रीलाई किचेको थियो । प्रहरी र स्थानीय वासिन्दा तत्कालै घटनास्थल पुगेकाले उद्धारमा सजिलो भएको प्रहरीले जनाएको छ । उद्धारमा ढिलो भएको भए अरूको पनि ज्यान जान सक्ने अवस्था रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले बस चालक भोजपुर कुलुङ-१ का गंगा श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

खाडलमा खसेको बस निकाल्न प्रहरीले निकै प्रयत्न गर्नुपरेको थियो । साँझ विहान निकै व्यस्त रहने विराटनगर-रंगेली मार्गको घटनास्थलमा बस पोलमा ठोक्किएर खाडलमा पल्टिएको थियो ।

No comments:

Post a Comment