Saturday, December 25, 2010

सरकारी विधालयमा पनि टाई र वेल्ट

जयकृष्ण यादव

इनरुवा- पुस ६ गते । सुनसरीको एक दर्जन वढिसरकारी विधालयमा टाई र वेल्टको व्यवस्था गरिएको छ । वालवालीकाहरुलाई आक्रषण गर्नका लागी सरकारी विधालयमा पनि टाई र वेल्टको व्यवस्था गरिएको विधालयका प्रधानाध्यापकहरुले जनाएका छन् ।

नीजि विधालयमा आक्रषणको लागी टाई र वेल्ट भएको भन्दैं सुनसरीको एक दर्जन वढि सरकारी विधालयमा समेत टाई र वेल्टको व्यवस्था गरिएको हो । वालवालीकाहरुलाई आक्रर्षण गर्नका लागी सरकारी विधालयमा पनि टाई र वेल्टको व्यवस्था गरिएको सुनसरीको सिगिया गावीस स्थित रहेको जनता उच्च माध्यमीक विधालयका शिक्षक धनीक लाल मेहताले जानकारी दिनुभयो ।

सिगीया गावीसमा रहेको जनता उमावी , इनरुवाको भगवती मावी , ववियाको सरसस्वती मावी , इटहरीको कचना महादेव मावी र सरस्वती मावी लयगाका विधालयमा टाई र वेल्टको व्यवस्था गरिएको तथा अन्य विधालयले शिक्षाको गुणस्तरीयता सगैं टाई र वेल्टको वइवस्था गर्ने प्रयत्न गरिरहेको विधालयहरुलाई उद्धित गर्दै सुनसरीका जिल्ला शिक्षा अधिकारी हरी प्रसाद वस्तिले जानकारी दिनुभयो ।

No comments:

Post a Comment