Thursday, December 23, 2010

कहिले र कसरी नेपाली नागरिक हुदै उपप्रधानमन्त्री बन्न सकिन् त सुजाता जोष्ट


कहिले र कसरी नेपाली नागरिक हुदै उपप्रधानमन्त्री बन्न सकिन् त सुजाता जोष्ट
वीरेन्द्र केएम
काठमाडौं –
सुजाता जोष्ट कहिले र कसरी नेपाली नागरिक भइन् र उपप्रधान तथा परराष्ट्रमन्त्री बन्न सकिन् यो खोजीको विषय भएको छ । तर, उनका बंगाली मुसलमान ज्वाई“ रुबेल चौधरीले नेपालमा बसेर गैरकानुनी कामहरू गरेको, हतियारलगायतका लागू औषधको धन्दा, बंगालीलाई नेपाली पासपोर्ट उपलब्ध गराएर मानिस तस्करी गरेकोजस्ता कामहरूका बारेमा नेपाल प्रहरी जानकार हु“दाहु“दै पनि किन उनको बचाउमा जर्मन सासु क्रियाशील छिन् ? यो अहम् प्रश्नको उत्तर नेपाली जनताले खोजिरहेका छन् । स्वयम् रुबेल चौधरीले पारसले आफूतर्फ ताकेर गोली प्रहार नगरेको र पिस्तोल नदेखेको भनेका छन् । उनले हतियार निकालेको पनि नदेखेको सञ्चार माध्यमहरूस“ग उल्लेख गरेका छन् । एउटा प्रसंगमा उनले गोली भएनभएको पिस्तोलको आवाज आफूले छुट्याउन सक्ने पनि बताएका छन् । त्यस्तै उनै रुबेलले आफू पनि प्रतिकारमा तयार रहेको जनाउ“दै ज्याकेट पछाडि लाठी लुकाएर ल्याएको जनाएका छन् । यसबाट उनी हातहतियारमा परिपक्व रहेको र हतियार नहेरी त्यसको आवाजबाटै चिन्न खप्पिस रहेको देखाउ“छ । यदि उनी सही र इमान्दार हुन्थे त कसरी हतियारका बारेमा यत्रो गहन जानकारी राख्ने हैसियतका हुन्थे ? उनी कतै दाउद इब्राहिमको ग्याङका सदस्य त होइनन् ? यसबारेमा नेपाल प्रहरीले कसरी अनुसन्धान गरिरहेको छ ? यतातर्फ पनि सोच्नुपर्ने देखिएको छ । अर्कोतर्फ पहिले रुबेलले लाठी निकालीसकेपछि पारसले गोली चलाए वा गोली चलेपछि रुबेल लाठी लिन गए ? भन्ने विषयमा रुबेल मौन रहनुले पनि घटना सहस्यमय बन्दै गएको देखिन्छ । साथै पारसले आफूस“ग रहेको हतियार निकालेर गोली पड्काए कि आफ्ना अंगरक्षकको हतियार प्रयोग गरे ? यो पनि अर्को रहस्यमय पक्ष छ । स्रोतका अनुसार रुबेल चौधरीको नेपाल बसाई शंकास्पद रहेको छ । लगातार पा“च वर्षसम्म घरज्वाई“का रूपमा कसरी रुबेल बस्न सके ? उनको पेशा र नेपाल बस्नुको औचित्यका बारेमा कुनै पनि जानकारी बाहिर आएको छैन । यदि पारसकै भनाईलाई आधार मान्दा रुबेलले नेपाली राष्ट्रियतामाथि कुन औकातमा रहेर धावा बोल्ने हिम्मत गरे भन्ने अहम् प्रश्न उब्जिन्छ । जुन देशमा शंकास्पद रूपमा रुबेल बसिरहेका छन्, त्यही देशको सार्वभौमसत्तामाथि चुनौती दिनसक्ने आ“ट उनले कसरी पाए ? अनुसन्धानको विषय यतातर्फ पनि मोड्नुपर्ने एक प्रहरी अधिकृतको सल्लाह छ । रुबेल चौधरी बंगाली मुसलमान भए पनि उनी नेपाली नागरिकता पनि आफूस“ग भएको बताउ“दै हि“ड्ने गरेको पनि स्रोतको दाबी छ । यसको आधारमा उनीसित नेपाली पासपोर्ट नरहने अवस्था नै भएन । सासु सुजाताको पनि जर्मनी र नेपाली पासपोर्ट छ । उनले आधिकारिक रूपमा जर्मनी पासपोर्ट र नागरिकता फिर्ता गरेकी छैनन् । विश्लेषकहरूका अनुसार सुजातालाई महाअभियोग लगाएर तथा नेपालमा उनको नाममा रहेका सम्पूर्ण चलअचल सम्पत्ति कब्जा गरी देश निकाला गर्न सकिने प्रसस्त कानुनी आधारहरू छन् । यसैबीच सरकारले एउटै घटनामा सहभागी पारस र रुबेललाई फरक व्यवहार गरेको छ
। पारसलाई तीन दिन प्रहरी हिरासतमा राख्ने निर्णय गर्ने सरकारले रुबेललाई भने ससुरालीमैं गएर बयानका नाउ“मा झारा टार्ने काम गरेको छ । यसैबाट वर्तमान सरकार बंगाली जवाई“ बचाउन सासु सुजाताले खेलिरहेको असंधानिक खेलमाथि मलजल गर्ने काम गरिरहेको प्रष्ट हुन्छ ।
चितवनको टाइगर टप्स रिसोर्टमामा भएको घटनामा संलग्न दोस्रा व्यक्ति रुबेललाई नेपाली कांग्रेसको लवीलाई बेलायतका राजकुमार फिलिपको दर्जामा राखेर सम्मान र ब्यवहार गर्दैआएको छ । उनी उपप्रधानमन्त्री सुजाताकी जर्मन सुपुत्री मेलिनीका श्रीमान रुबेल चौधरी भए पनि नेपाल प्रहरीको शंकामा तस्कर र गैरकानुनी धन्धाका नाइके हुन् । खासगरी पूर्वयुवराज पारसलाई गिरफ्तार गरेर नेपालको राष्ट्रियतालाई चुनौती दिने रुबेललाई चोख्याउन किन सुजाताको आडमा सरकार लागिरहेको छ ? कतै रुबेलमार्फत् अण्डरवल्र्ड डन दाउदको पकडमा सुजाता मण्डली पुगेको त छैन ? यसबारेमा प्रहरीले अनुसन्धान गरेर कारबाही नगर्ने हो भने टेलिकम डुबाउनेमात्र होइन देशै डुबाउने हजारौं रुबेल चौधरीहरू ज्वाई“ बन्दै नेपाल भित्रिनेछन् । सबैलाई थाहा छ उपप्रधानमन्त्री सुजाता कोइरालाले जर्मन नागरिकता लिएर सुजाता जोष्ट भइसकेकी महिला हुन् । २०४६ सालको परिवर्तन र बाबु गिरिजा प्रधानमन्त्री बनेपछि नेपालमा आफ्नो पुरानो नागरिकको हैसियत भजाएर राजनीतिमा हाम फालेकी हुन् । कोइराला परिवारको पुख्र्यौली ढुकुटीजस्तै रहेको कांग्रेसभित्र बाबु गिरिजाको बुई चढेर उनी उपप्रधानमन्त्रीसमेत हुन सकिन् । उनकी छोरी मेलानीले जर्मन नागरिकताबाटै रुबेलसित विवाह गरेकी हुन् भने उनी
आफैंले आधिकारिक रूपमा जर्मन नागरिकता त्यागेर पुनः नेपाली नागरिकता लिएको विषय शंकाको घेरामा छ ।
न्यूज अप्रेशनबाट

No comments:

Post a Comment