Wednesday, March 16, 2011

उखु अभावले सुगर मिल बन्द हुने अवस्थामा , किसानले कटानी पुर्जा समयमा नपाउँदा खेतमै उखु सर्नाथाल्योक

तबरेज आलमसुनसरी । सुनसरीको चिमडी ४ मा रहेको पुर्वान्चलको एक मात्र ईस्टर्न सुगर मिल उखु अभावका कारण दिनहुँ मिल बन्द रहने गरेको छ भने यता किसानहरुले उखु कटानीको लागि समयमा पुर्जा नपाएको गुनासो गरेका छन् । अधिकांशले कटानी पुर्जा पाएपनि २ महिना ढिलो गरि पाएको तथा अधिकांश किसान कटानी पुर्जा नपाउदा प्रत्यक्ष मारमा परेका छन् । उखु अभावका कारण मिल दिनहुँ बन्द रहने गरेको र किसानहरुलाई समयमा कटानी पुर्जी नदिदा किसानहरु कटानी पुर्जी पाउन मरिहत्ते गर्ने गरेको र समयमा उखु कटानी नहुँदा उखुबालीमा विभिन्न रोग लाग्न थालेको किसानहरुले गुनासो गरेका छन् । यसरी ईस्टर्न सुगर मिल चिमडीले उखु बाली कटानी पुर्जा समयमा नदिदा सुनसरीको अमाहीबेल्हा, राजगंज बेलगछिया, घुस्की, रामनगर भुटाहा, मधुवन, भोक्राहा, नरसिंग, बसन्तपुर, देवानगंज, कप्तानगंज, साहेबगंज, हरिनगरा लगायत छिमेकी जिल्ला मोरगं, सप्तरी, सिराहा, झापा लगायतका उखु किसानहरु प्रभावित भएका छन् । यता किसानहरुले बढ्दो महँगी अनुसार आफुहरुको उखुमा समेत मुल्यभाव बढाउनुपर्ने झन् घटाएको प्रति चिन्ता ब्यक्त गर्दै मिलको यस्तै रवैया रहे आफुँहरु अगामिवर्ष देखि उखु खेति नगर्ने सुनसरी बसन्तपुर गाविसका किसान सज्जाद अन्सारीले गुनासो गर्नुभयो । वहाँले अगाडि थप्डै सुगरमिलमा कर्मचारीको मनपरी र घुसखोरी बढेको आरोप समेत लगाउनुभयो । सुगरमिलका कर्मचारीहरु कमिसनको लोभमा ठूला किसानहरुलाई कटानी पुर्जी दिने र ग्रहयता दिने प्रचलनले गर्दा कम जग्गामा उखु खेति लगाएका किसानहरु त्यसको चपेटामा पर्ने गरेको समेत गुनासो गर्नुभयो । त्यस्तै सुनसरी भोक्राहाका किसान मोहम्मद अन्सारीले समेत आफुहरु उखु खेति लगाएपछि बर्वादै हुने अवस्थामा पुगेको गुनासो गर्नुभएको छ । वहाँले आफ्नै शब्दमा भन्नुभयो करेसाबाली, धानखेति र गहुँ खेतिबाट प्रशस्तै आम्दानी आउथ्यो, उखुखेतिमा राम्रो आम्दानी आउँछ कि भनेर उुखु लगाए चौपटै ग¥यो, लगाएको रकम पनि खेर जाने स्थितिमा पुग्यो । वहाँले अब ईस्टर्न सुगर मिलको यस्तै रवैया रहे र उखुको भाव नबढ् र साना किसानहरुले ग्रहयता नपाए आउनेवर्षदेखि खेति नगर्ने चेतावनी दिनुभएको छ । वास्तवमा हेर्ने हो भने पुर्वान्चलको एक मात्र उखु मिलको अवस्था अहिले बिचित्र बन्दै गईरहेको छ । किसानहरु जुनमात्रामा उखु खेति तर्फ आकर्षित हुदैँ आईरहेको थियो त्यहीमात्रामा किसानहरु उखुखेति छाड्दै अन्य खेति तर्फ आकर्षित हुन थालेको किसानहरुको भनाई रहेको छ ।

No comments:

Post a Comment